Tuesday, 22 May 2012 03:57 pm, Nepal

चीन र जापानका मन्त्रीहरू आज नेपाल आउँदै

मेचीकाली : 2012-02-22 08:42:28


काठमाडौं, १० फागुन  : चीन र जापानका मन्त्रीहरू आज अपराह्न नेपाल आउँदै हुनुहुन्छ । सरकारको निमन्त्रणामा जनगणतन्त्र चीनका वन प्रशासनमन्त्री जिया झिबाङ चार दिने औपचारिक भ्रमणका लागि ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज दिउँसो ३ बजे नेपाल आउनुहुने भएको छ ।

चिनियामन्त्रीले आफ्ना नेपाली समकक्षी वन तथा भूसंरक्षणमन्त्री मोहम्मद वकिल मुसलमानसँग औपचारिक वार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल–चीन संयुक्त वन कार्यदलको पहिलो बैठक पनि काठमाडौँमा हुनेछ । नेपाल भ्रमणमा आउने चिनिया टोली वन्यजन्तुसम्बन्धी अलग अलग कार्यक्रममा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैगरी, जापानका उपविदेशमन्त्री कोरो बेस्हो आजै दुई दिने औपचारिक भ्रमणका निम्ति काठमाडौं आउँदै हुनुहुन्छ । उहाँ दिउँसो साढे ३ बजे जापानी विदेश मन्त्रालयको तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ नेपाल आउनुहुने छ । नेपाल बसाइका क्रममा उहाँले प्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग बेग्लाबेग्लै भेट गर्नुहुने कार्यक्रम छ । त्यसैगरी, जापानी उपविदेशमन्त्रीले विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग छुट्टाछुट्टै भेटवार्ता गर्नुका साथै परराष्ट्र मन्त्रालयका निमित्त सचिव अर्जुनबहादुर थापासँग द्विपक्षीय सम्बन्धबारे छलफल गर्नुहुनेछ ।

जापानी उपविदेशमन्त्री बेस्होले नेपालको जारी शान्ति प्रक्रिया तथा संविधान लेखनबारे राजनीतिक नेतृत्वसँग जानकारी लिनुका साथै जापानी सहायतामा निर्मित काठमाडौँ–भक्तपुर सडकको निरीक्षण गर्नुहुने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु