Tuesday, 22 May 2012 03:57 pm, Nepal

दुर्घटनामा तीन जनाले ज्यान गुमाए

मेचीकाली : 2012-02-22 08:45:16


भोजपुर, १० फागुन : गुप्तेश्वर र तिम्मा गाविसको बीचमा पर्ने सेती बगर भन्ने ठाँउमा हिजो बेलुकी सौराज पल्टँदा ३ जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् ।  फागुनको ७ गतेबाट सुरु भएको ट्याम्के महोत्सवबाट भोजपुर फर्कने क्रममा चढेको सौराज पल्टँदा ३ जनाको ज्यान गएको हो ।

 दुर्घटनामा धनकुटा ४ लेगुवाका  ६० वर्षका राजन कार्की, गुप्तेश्वर गाविसका ४५ वर्षीया सावित्रा राई र ६० वर्षिया जनककुमारी खत्रीको मृत्यु भएको हो । दुर्घटनामा घाइते आठै जनालाई भोजपुर अस्पताल ल्याईसकिएको छ । बाटो सानो भएको कारण भएको दुर्घटनामा सौराज करिव ८० मिटर तल खसेको छ भने चालक हालसम्म फरार रहेको सुरक्षा स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु