Tuesday, 22 May 2012 03:58 pm, Nepal

गुप्ता जेल चलान : फोरम गणतान्त्रिक नेतृत्वविहीन, पार्टीको भविष्यबारे भोलि छलफल गर्ने

मेचीकाली : 2012-02-22 08:47:24


काठमाडौं, १० फागुन : अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा सर्वोच्च अदालतबाट दोषी ठहरिएका जेपी गुप्तालाई जेल चलान गरिएपछि मधेसी जनअधिकार फोरम गणतान्त्रिक नेतृत्वविहीन भएको छ । पार्टी अध्यक्ष नै जेलमा परेपछि पार्टी नेतृत्व कसले कसरी गर्ने भन्ने विषयमा अहिले फोरम गणतान्त्रिकमा अन्यौल देखिएको छ  ।

सर्वोच्चको फैसलाका विषयमा छलफल गर्न आज बस्ने भनिएको बैठक पनि अन्योलमा परेको छ । अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न पार्टीको बैठक भोलि बस्ने भएको विना विभागीय मन्त्री तथा वरिष्ठ नेता राजलाल यादवले जानकारी गराउनुभयो । उहाँका अनुसार आज धेरैजसो केन्द्रीय नेताहरू उपत्यका बाहिर रहेकोले केन्द्रीय समितिको बैठक भोलिका लागि तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु