Tuesday, 22 May 2012 04:01 pm, Nepal

सिरिया हिंसामा सरकारी सेनाको कार्वाहीमा एक सयभन्दा बढी विद्रोही मारिए

मेचीकाली : 2012-02-22 13:42:06


दमास्कस, १० फागुन : सिरियामा सरकारी सेनाको कार्वाहीमा एक सयभन्दा बढी विद्रोही मारिएका छन् । बढिजसो व्यक्ति उत्तरी सिरियामा मारिएको विद्रोहीहरुले दावी गरेका छन् । ४५ जनाभन्दा बढी त होम्स शहरमै मारिएको उनीहरुको भनाइ छ । इदलिब प्रान्तमा राष्ट्रपति बशर अल असदको सेनाले गरेको बमबारीमा योभन्दा पनि बढी मानिस मारिएको खबर छ । विदेशी सञ्चारमाध्यमहरुमाथि प्रतिबन्ध लगाइएकाले यसको स्वतन्त्र पुष्टी हुन सकेको छैन ।

घाइतेहरुको उपचार गर्न दैनिक केही समय भएपनि युद्धविराम गर्न रेडक्रसले सरकार र विद्रोहीलाई आह्वान गरेको छ । शहरका कयौं क्षेत्रमा खानेकुरा र खानेपानीसमेत उपलब्ध हुन नसकेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु