


काठमाडौँ, १० फागुन : नेकपा (एमाले) उपत्यका विशेष समन्वय कमिटीले पार्टीको यही फागुन २१ गतेदेखि तीन दिनसम्म हुने प्रथम राष्ट्रिय प्रतिनिधि परिषद्को सिलसिलामा बृहत् जनप्रदर्शन गर्न प्रचारप्रसार कार्य तीव्र बनाएकोे छ । सो कमिटीले पत्रकार सम्मेलनको आयोजना गरी जनप्रदर्शनका तयारी, त्यसको समन्वय र अनुगमनका लागि नेकपा (एमाले) उपत्यका विशेष समन्वय कमिटीका संयोजक राजेन्द्र श्रेष्ठको संयोजकत्वमा उपत्यका व्यवस्थापन समिति गठन भएको जानकारी गरायो ।
सो परिषद्को प्रथम दिन फागुन २१ गते दिउँसो १२ बजे रत्नपार्कबाट जनप्रदर्शन सुरु गरिनेछ ।
उक्त कमिटीका संयोजक राजेन्द्र श्रेष्ठले शान्ति र संविधानप्रति लाग्न तथा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गराउन यस्तो जनप्रदर्शनको आयोजना गरिएको बताउनुभयो ।
परिषद्बारे प्रचारप्रसार गर्न फागुन १० गतेदेखि व्यापकरुपमा सांस्कृतिक सभा र कोणसभा समेत आयोजना गरिने भएको छ । र