Tuesday, 22 May 2012 04:01 pm, Nepal

मिलानमा विशेष प्रदर्शनी

मेचीकाली : 2012-02-22 13:52:52


नेपाल पर्यटन बोर्डले लुम्बिनी भ्रमण वर्ष २०१२ लाई सफल बनाउन इटलीको मिलान गरेको विशेष प्रदर्शनी सम्पन्न गरेको छ । मिलानमा भइरहेको अन्तर्राष्ट्रिय पर्यटनसम्बन्धी कार्यक्रममा यही फागुन ४ गते सो प्रदर्शनी सुरु गरी ७ गते सम्पन्न गरिएको थियो । नेपाली परम्परागत वेशभूषा, पर्यटकीयस्थललाई दर्शाउने सामग्रीहरु प्रदर्शनीमा राखिएका थिए । सो प्रदर्शनीमा विश्वका विभिन्न ५० देशका प्रतिनिधि सहभागी रहेको बोर्डले जनाएको छ ।

    बोर्डले नेपालका पर्यटकीयस्थलबारे जानकारी गराउँदै नेपाल भ्रमणका लागि सुरक्षित रहेको विश्वास पत्रकार सम्मेलनमार्फत दिलाउने प्रयाश गरेको थियो ।

     बोर्डका तर्फबाट नन्दिनी थापा र कुन्दन शर्माले लुम्बिनी भ्रमण वर्षबारे जानकारी दिने काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु