Tuesday, 22 May 2012 04:02 pm, Nepal

भ्रष्टाचारी ठहर भएका जेपी गुप्तालाई पार्टीबाट निलम्बन गरिने

मेचीकाली : 2012-02-22 13:59:11


काठमाडौं, १० फागुन : मधेशी जनअधिकार फोरम गणतान्त्रिकले सर्वोच्च अदालतले भ्रष्टाचार गरेको ठहर गरेका अध्यक्ष जेपी गुप्तालाई निलम्बन गर्ने भएको छ । वुधवार बसेको फोरम गणतान्त्रिकको पदाधिकारी बैठकले सर्वोच्चले अदालतले भ्रष्टाचारी ठहर गरिसकेको अवस्थामा गुप्तालाई पार्टी अध्यक्षका रुपमा राखिरहन नहुने निष्कर्ष निकाल्दै निलम्बन गर्ने निर्णय गरेको हो ।

यद्यपी, यसबारे आधिकारिक निर्णय भने विहीवार बस्ने केन्द्रिय कार्यसमितिको बैठकले मात्र गर्ने सह महासचिव अकवाल अहमद शाहले जानकारी दिनुभयो । वैठकले सर्वोच्चको फैसला स्वागतयोग्य  भएको निस्कर्ष निकालेको उहाले बताउनुभयो । विगतमा अरु नेताहरुलाई पनि सर्वोच्चले भ्रष्टाचारी ठहर गरेको सन्दर्भमा फैसलामा कुनै आग्रह पुर्वाग्रह नभेटिएको पनि सहमहासचिव शाहले बताउनुभयो । यसअघि, हिजो गुप्ताले सर्वोच्चको फैसला आफू र समग्र मधेश आन्दोलन विरुद्ध भएको प्रतिक्रिया दिनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु