Tuesday, 22 May 2012 04:02 pm, Nepal

छिमेकीको कुटपिटबाट एकजनाको ज्यान गयो

मेचीकाली : 2012-02-22 14:37:26


सल्यान, १० फागुन : छिमेकीको कुटाईबाट आज सल्यानमा एकजनाको ज्यान गएको छ । लक्ष्मीपुर गाविस वडा नं. २ निवासी ३७ वर्षिय भिमबहादुर विकको उपचारका लागि जिल्ला अस्पताल खलंगा ल्याउदै गर्दा बाटोमा मृत्यु भएको हो ।

स्थानीय धनसिंह पुन र आइते कामीले उनलाई घरमै सुतिरहेको बेला मरणासन्न हुने गरी कुटपिट गरेका थिए । कुटपिटबाट गम्भिर घाइते भएका भिमबहादुर बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न २ जना भने फरार भएको र उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु