Tuesday, 22 May 2012 04:03 pm, Nepal

सभासद् काफ्ले दुर्घटनामा, अवस्था चिन्ताजनक

मेचीकाली : 2012-02-22 14:43:44


सुनसरी, १० फागुन : नेकपा(एमाओवादी)का केन्द्रीय सदस्य तथा सभासद् सावित्रीकुमार काफ्ले दुर्घटनामा घाइते हुनुभएको छ । आज बिहान धरानको चतरालाइनमा मोटरसाइकल पछाडिबाट आउँदै गरेको को१ज ५९७ नम्बरको ल्यान्डरोभरले सभासद् काफ्ले सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।

    उहाँलाई विराटनगरस्थित न्युरो अस्पतालमा तत्काल उपचारका लागि ल्याइएको छ । उहाँको टाउकामा गम्भीर चोट लागेको र अवस्था चिन्ताजनक रहेको अस्पतालका न्युरोसर्जन डा वाइवी रोकाले जानकारी दिनुभयो ।

    घटनामा मोटरसाइकल चालक वाइसिएल इन्चार्ज विनोद दियाली पनि घाइते हुनुभएको छ । उहाँको धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान केन्द्रमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।  ल्यान्डरोभर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

    काफ्ले कोचिला राज्य समितिका सचिव (सेक्रेटरी) समेत हुनुहुन्छ । उहाँ मोरङको ३ नं क्षेत्रबाट प्रत्यक्षतर्फवाट संविधानसभाको सभासद्मा निर्वाचित हुनुभएको हो ।

    दुर्घटनापछि मन्त्री गोपाल किराँती, एमाओवादी कोचिला राज्य समिति इन्चार्ज हरिबोल गजुरेल, पूर्वक्षेत्रीय प्रहरी कार्यालयका नायब महानिरीक्षक सुरेन्द्रबहादुर शाह, मोरङका प्रमुख जिल्ला अधिकारी तरानाथ गौतमलगायत सयौँ कार्यकर्ता र शुभचिन्तक उहाँको अवस्था बुझ्न अस्पतालमा भेला हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु