Tuesday, 22 May 2012 04:03 pm, Nepal

अष्ट्रेलियाका विदेशमन्त्रीको राजीनामा

मेचीकाली : 2012-02-22 17:28:01


सिड्नी, १० फागुन : अष्ट्रेलियामा प्रधानमन्त्री जुलिया गिलार्डसंग पार्टी नेतृत्वको मुद्धामा टकराव सम्बन्धी रिपार्ट सार्वजनिक भैरहेका बेला विदेशमन्त्री केविन रुडले राजीनामा दिनु भएको छ । वासिंटन डिसीमा अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनसंगको भेटवार्ता पछिको पत्रकार सम्मेलनमा विदेशमन्त्री रुडले राजीनामा घोषणा गर्नु भएको हो । राजीनामा घोषणा गर्दै गिलार्डले प्रधानमन्त्री गिलार्डको समर्थन नभएपछि मन्त्री भएर काम गर्न नसक्ने बताउनु भयो ।

अष्ट्रेलियामा लेवर पार्टीमा नेतृत्वको विषयमा लामो समय देखी विवाद रहदै आएको छ । रुडका समर्थकहरुले पार्टीको नेतृत्वमा प्रधानमन्त्री गिलार्डलाई चुनौति दिन लागि रहेको आशंका गरिएको छ । अष्ट्रेलियामा हालैका दिनहरुमा लेवर पार्टी र प्रधानमन्त्री गिलार्डको लोकप्रियतामा कमी आइरहेको छ । सन् २०१० को जुनमा गिलार्डले तात्कालीन प्रधानमन्त्री रुडलाई हटाई आफु प्रधानमन्त्री बन्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु