Tuesday, 22 May 2012 04:04 pm, Nepal

केही दिनमै शान्ति प्रकृया निष्कर्षमा पुग्ने माओवादीका अध्यक्ष प्रचण्डको दावी

मेचीकाली : 2012-02-22 18:33:51


काठमाडौँ, १० फागुन  : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अवको केहीदिनमै शान्ति प्रकृया निष्कर्षमा पुग्ने दावी गर्नुभएको छ । प्रगतिशील साहित्यकार घनश्याम ढकालको दशौं पुण्यतिथीमा पोखरामा आयोजित कार्यक्रममा वोल्दै अध्यक्ष प्रचण्डले विहीवार वस्ने ३ दलको वैठकवाट नेपालको शान्ति प्रक्रियाले नयाँ गति लिने विश्वास व्यक्त गर्नुभयो ।

शान्ति प्रकृयाका लागि महत्वपुर्ण मानिएको सेना समायोजन लगायतका विषयमा आफुहरु निर्णायक र अन्तिम छलफलको तयारीमा रहेको अध्यक्ष प्रचण्डको भनाई छ । उहाले अबको १÷२ हप्तामै सेना समायोजनका विषयमा ठोस सहमति भई संविधान निर्माणको अन्तिम तयारीमा जुट्ने वताउनुभयो । अहिलेको संक्रमणकालीन अवस्था निकै चुनौतीपुर्ण तथा जटिल भएको भन्दै प्रचण्डले आफु ठुलो पार्टीको अध्यक्ष तथा परिवर्तनको धारको प्रतिनिधि भएकाले पनि शान्ति र संविधानका विषयमा आफू गम्भिर भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु