Tuesday, 22 May 2012 04:04 pm, Nepal

नेपालको आर्थिक विकासमा जापानले सघाउने

मेचीकाली : 2012-02-22 18:37:01


काठमाडौँ, १० फागुन : जापानका उपविदेशमन्त्री कोरो बेस्होले नेपालको आर्थिक विकासमा आफ्नो मुलुकले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपालको दुई दिने औपचारिक भ्रमणमा आज अपराह्न यहाँ आउनुभएका श्री बेस्होले विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै राष्ट्र निर्माणको अभियानमा अघि बढिरहेको नेपालको आर्थिक समृद्धिका निम्ति सहायता गर्न जापान तयार रहेको बताउनुभयो ।

    उहाँले नेपालको शान्ति प्रक्रियालाई टुङ्ग्याउने दिशामा पनि जापानी सहयोग उपलब्ध हुने बताउनुभयो ।

    उपविदेशमन्त्री बेस्होले नेपालको पछिल्लो राजनीतिक विकास, शान्ति एवम् संविधान लेखनमा भएका प्रगति तथा भावी योजनाबारे नेपालका प्रधानमन्त्रीका साथै प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग बेग्लाबेग्लै भेट गर्ने कार्यक्रम छ ।

    मन्त्री बेस्होलाई विमानस्थलमा यहाँस्थित जापानी राजदूतावासका वरिष्ठ अधिकारीहरुले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु