Tuesday, 22 May 2012 04:04 pm, Nepal

सत्र करोडको कुर्ता सुरुवाल आयात

मेचीकाली : 2012-02-22 18:37:52


विराटनगर, १० फागुन : रु १७ करोड ५४ लाख मूल्य बराबरको कुर्ता सुरुवाललगायत तयारी कपडा विराटनगर जोगवनी भन्सार नाकाबाट आयात गरिएको छ । भारतलगायत तेस्रो मुलुकबाट आयात गरिएको तयारी पोशाकबाट विराटनगर भन्सार कार्यालयलाई रु चार करोड ४९ लाख ९३ हजार कुल राजस्व प्राप्त भएको बताइएको छ ।

    विगत सात महिनामा उपरोक्त तयारी कपडा आयात गरिएको हो ।

    विगतमा भएको चोरी तस्करी नियन्त्रण तथा भन्सार कर्मचारी तथा प्रहरी प्रशासनको सक्रियताले राजस्वमा वृद्धि भएको भन्सार कार्यालयका प्रमुख विनोदबहादुर कुँवरले जानकारी दिनुभयो ।

    विगतमा कुर्ता सुरुवाललगायतका सुति साडी चोरीतस्करी गरी भित्रिने गरेको थियो ।

    कार्यालयबाट प्राप्त तथ्याङ्कअनुसार तयारी कपडा रु दुई करोड ९८ लाख, होजीयारी कपडा रु ५५ लाख ७१ हजार, सल, दोसल्ला र पछ्यौरा कपडा रु १७ लाख ९९ हजार, फेल्ट कपडा रु ११ लाख २४ हजार, गार्मेन्ट एस सरिज रु दुई लाख, कम्बल रु १२ लाख २७ हजार तथा रु तन्ना १६ लाख ७४ हजार, टेवल पोस रु छ हजार, तौलिया रुमाल रु २० लाख ५५ हजार, तयारी पर्दा ५० हजार, पलङपोस र यस्तै अन्य कपडा रु ३० लाख ६२ हजार बराबरको आयात गरिएको छ ।

    यसैबीच चालु आर्थिक वर्षको सात महिनामा विराटनगर भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

    कार्यालयबाट प्राप्त विवरणअनुसार रु पाँच अर्ब ९२ करोड लक्ष्य रहेकामा रु छ अर्ब ११ करोड कुल राजस्व सङ्कलन गरेको छ ।

    त्यस्तै गत आर्थिक वर्षको सात महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा राजस्व सङ्कलनमा वृद्धि भएको भन्सार प्रमुख कुँवरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु