Tuesday, 22 May 2012 04:08 pm, Nepal

गुप्ता प्रकरणबारे के भन्छन् अधिवक्ताहरु ?

मेचीकाली : 2012-02-22 19:24:45


काठमाडौं, १० फागुन : नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष विश्वकान्त मैनालीले भ्रष्टाचारीलाई नेपालमा कम सजाय भएको भन्दै ज्यान मुद्दा सरह २० वर्ष कैद सजायको ब्यवस्था हुनुपर्ने बताउनु भएको छ । रिपोर्टर्स क्लब नेपालले आज गरेको साक्षात्कारमा मैनालीले मुलुक ध्वस्त पार्नेलाई सजाय कम भएको बताउनुभयो ।

मैनालीले नेपालको दयनिय अवस्था भ्रष्टाचारकै कारण भएको र भ्रष्टहरुको जड नै राजनीति भएको आरोप लगाउँदै राजनीति नसुध्रिएसम्म मुलुकको सक्षम हुनै नसक्ने दाबी पनि गर्नुभयो ।

साक्षात्कारमा अधिवक्ता डा भिमार्जुन आचार्यले सर्वोच्च अदालतको फैसला साहसिक भएको भन्दै विधीको शासन कायम हुन नसकेको मुलुकमा बहालबाला मन्त्रीलाई सजाय दिनु साहसिक भएको बताउनुभयो । आचार्यले अदालतले राजनीतिक दवावमा काम गरिरहेको परिस्थितिमा भएको निर्णय सकारात्मक र साहसिक भएको दावी गर्दै पदमा रहेका र नरहेका सबैको सम्पत्ति छानविन गर्नुपर्ने धारणा राख्नुभयो । न्यायालय भित्र पनि भ्रष्टाचार ्वयाप्त रहेकोले न्यायालयलाई पनि छानविनको दायरमा ल्याउनुपर्ने उहाँको माग छ ।

साक्षात्कारमा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले भ्रष्टाचारको मुद्दालाई १० वर्षसम्म ढिलो गरेर फैसला गर्नु आफैमा भ्रष्टाचार भएको आरोप लगाउँदै नेपालको न्यायप्रणाली अहिलेसम्म सुस्त गतिमा हिंडेको बताउनुभयो । तर हिजोको फैसला भने अदालतको हिम्मतिलो फैसला भनी टिप्पणी गर्नुभयो । विडारीले अख्तियार र न्यायालयमै भ्रष्टाचार ब्याप्त रहेकोले भ्रष्टाचारको मुद्दामा अधिकांशले सफाई पाउने गरेको भन्दै भ्रष्टाचार निवारण गर्न कडा कानूनको आवश्यक पर्ने पनि बताउनुभयो ।

साक्षात्कारमा जेपी गुप्ताका कानून व्यवसायी अधिवक्ता पर्शुराम कोइरालाले गुप्तालाई विशेष अदालतले १० प्रतिसतसम्मको स्रोत नखुले छुट दिने नजिरको आधारमा सफाई दिएको भन्दै सर्वोच्च अदालतले गुप्ताको आम्दानीको प्रमाणिक दस्तावेजलाई नस्विकारेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु