Tuesday, 22 May 2012 04:08 pm, Nepal

जथाभावी नबोल्न नेता ओलीको आग्रह

मेचीकाली : 2012-02-22 19:50:40


चौतारा, १० फागुन : नेकपा (एमाले)का नेता केपी शर्मा ओलीले माओवादीका जिम्मेवार नेताहरुबाट विद्रोह गर्ने धम्की आइरहेको र सरकारका केही मन्त्रीले तराईलाई अलग्याउनेजस्ता भनाइ राखिरहेको बताउँदै यी दुवै भनाइ राष्ट्रघाती रहेको बताउनुभएको छ ।

    नेकपा (एमाले)को २ नं क्षेत्रीय भेलाको सिन्धुपाल्चोकको चौतारामा आज उद्घाटनका अवसरमा  नेता ओलीले शान्ति प्रक्रियालाई सही निष्कर्षमा पु¥याई दीगो शान्ति कायम गर्ने काममा एमालेको अहम् भूमिका रहेको बताउनुभयो ।

    उहाँले माओवादीले नक्कली लडाकुको नाममा राष्ट्रको ढुकुटी रित्याएको आरोप लगाउनुभयो ।

    राज्य पुनर्संरचनाको प्रश्न अत्यन्त गम्भीर भएकोले व्यापक दृष्टिकोण लिएर अगाडि बढ्न आग्रह गर्दै नेता ओलीले साम्प्रदायिक भावनालाई परित्याग गरी सबै समेटिने र सबैको उन्नति हुने समृद्ध राष्ट्र बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु