Tuesday, 22 May 2012 04:09 pm, Nepal

गूप्तालाई जेल हालेपछि विशेष अदालतका पूर्वअध्यक्ष र सदस्यमाथि कारबाहीको प्रतिक्षा

मेचीकाली : 2012-02-22 19:51:58


 काठमाडौँ, १० फागुन : सर्वोच्च अदालतले भ्रष्टाचारको अभियोग लागेका जयप्रकाशप्रसाद गुप्तालाई जेल हालेको छ । तर, उनलाई सफाइ दिने तत्कालीन विशेष अदालतका न्यायाधीशमाथि कारबाही गर्न न्यायपरिषद्लाई निर्देशन दिए पनि कारबाहीका बारेमा केही खुलाइएको छैन ।  

सर्वोच्च अदालतका न्यायाधीशद्वय सुशीला कार्की र तर्कराज भट्टको संयुक्त इजलासले विशेष अदालतका पूर्वअध्यक्ष भूपध्वज अधिकारी तथा सदस्यद्वय चोलेन्द्र शम्शेर जबरा र कोमलनाथ शर्मामाथि कारवाही गर्न पनि निर्देशन दिइसकेको छ ।

    विशेष अदालतका पूर्वअध्यक्ष लगायत सदस्यहरूको इजलासले मन्त्री गुप्ताको मुद्दामा न्याय सम्पादन कार्यमा विचलित भएको प्रस्ट देखिएकाले प्रचलित कानुनबमोजिम कारबाही गर्न निर्देशन दिएको थियो ।

    यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोविन्दराज जोशी, चिरन्जीवि वाग्ले, अच्यूतकृष्ण खरेल, रवीन्द्रनाथ शर्मालगायतमाथि विशेष अदालतमा दर्ता गरेका भ्रष्टाचारसँग सम्बन्धित मुद्दामा प्रमाण नपुगेको र हदम्याद नाघेको भन्दै विशेष अदालतले सफाइ दिएको थियो ।

    तत्कालीन अध्यक्ष भूपध्वज अधिकारी हाल सेवानिवृत्त हुनु भएकाले उहाँलाई कारबाही गर्ने विषयमा न्यायपरिषद् ऐन मौन छ । सदस्यद्वय चोलेन्द्र शमशेर जबरा (हाल राजविराज पुनरावेदन अदालत) र कोमलनाथ शर्मा (हाल महेन्द्रनगर पुनरावेदन अदालत)लाई कारबाही हुने भएको छ ।

    न्यायपरिषद्का अध्यक्ष प्रधानन्यायाधीश खिलराज रेग्मीले यस विषयमा टिप्पणी गर्न इन्कार गर्दै फैसलाको प्रतिलिपि आएपछि परिषद्को बैठक डाकी कारबाहीको प्रक्रिया अघि बढाउने उल्लेख गर्नुभयो ।

    सर्वोच्च अदातलका प्रवक्ता श्रीकान्त पौडेलले भने अवकाश पाएका न्यायाधीशले भ्रष्टाचार गरेको प्रमाणित भए पनि कारबाही गर्न सकिने अवस्था न्यायपरिषद् ऐनमा नभएको बताउनुभयो ।

    बहालवाला न्यायाधीशका हकमा भने कार्यक्षमताको अभावमा सेवाबाट हटाउनेसम्मका कारबाही गर्न सकिने व्यवस्था ऐनमा रहेको उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु