dashain
Thursday, 18 October 2018 10:02 pm, Nepal

युएईमा अवैध बसेका नेपालीले आम माफीका लागि प्रक्रिया सुरु गर्न पाउने

मेचीकाली : 2018-08-01 09:26:30

युएई सरकारले आफ्नो देशमा अवैध रूपमा बसेका विदेशी नागरिकको सजिलोका लागि आजबाट तीन महिनासम्मका लागि आम माफी योजना लागु गरेको छ । नेपाली दूतावासले यो आममाफी योजनाको सक्दो उपयोग गर्न आफ्ना नागरिकलाई आग्रह गरेको छ ।

पुरा पढ्नुहोस्

पिज्जा बनाएर ख्याति कमाएका टंकको रेष्टुराँमा सुनको चुल्हो

मेचीकाली : 2018-02-27 16:48:35

– भरत प्रधान

लिस्बन, पोर्चुगल : कुनै बेला विदेशीको रेष्टुराँमा सामान्य कामदारका रुपमा काम गर्ने एक नेपाली युवक यतिबेला भने आफ्नो कला, सीप र सिर्जनशीलताका कारण युरोपभर चर्चित बन्न पुगेका छन् । घरमा बिहेको कुरा चलेपछि आफ्नो अध्ययनलाई बीचमै छाडेर ढाई दशक अगाडि युरोप हानिएका बाग्लुङ्ग दमके–६, पोखरीका ४३ वर्षीय टंक सापकोटा इटालियन खाना बनाएरै युरोपमा चर्चित बनेका हुन् ।

पुरा पढ्नुहोस्

स्वदेश फर्कन नदिएपछि विचल्ली परेका नेपाली युवा

मेचीकाली : 2018-01-19 14:44:06

–केदार मगर

वैदेशिक रोजगारीका लागि कतार पुगेका खोटाङका दुई युवा कम्पनीबाट काम र तलब नपाउँदा विचल्लीमा परेका छन् । काठमाडौँस्थित प्रोगेसिप मेनपावरमार्फत जनही रु ७५ हजारका दरले धरौटी रकम बुझाएर कतार पुगेका खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चेका अरुण राई र धनकुमार राईलाई कम्पनीले काम र दाम दुवै नदिनुका साथै स्वदेश फर्कनसमेत रोकेपछि विचल्लीमा परेका हुन् ।

पुरा पढ्नुहोस्

दुर्घटनामा परी साउदी अरेबियामा नेपालीको मृत्यु

मेचीकाली : 2017-10-02 10:42:09

दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु भएको छ ।साउदी अरेबियाको माहिल भन्ने स्थानमा सवारी दुर्घटनामा परी रानाको शनिबार बिहान मृत्यु भएको हो । राना एक वर्षअघि देखि साउदी अरेबियामा सवारी चालकका रुपमा काम गर्दै आएको नगरपालिका–१२ का वडाध्यक्ष वाले रानाले बताउनुभयो ।

पुरा पढ्नुहोस्

मलेसियामा एक नेपालीको मृत्यु

मेचीकाली : 2017-07-24 09:43:24

वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया गएका सप्तरीका एक नेपाली युवाको आइतबार मृत्यु भएको छ ।मृत्यु हुनेमा साबिक सिस्वा बेल्ही गाउँ–६ घर भएका ३१ वर्षीय युवा रामेश्वर साह हलुवाई रहेको पारिवारजनले जनाएको छ । मलेसियास्थित मुलटी नामक कम्पनीमा कार्यरत रामेश्वर खाना खाएर काम गर्न गएका बेला उनलाई छाती दुख्न थालेपछि केनाङ्ग–३ को देसाचेमेर्लाङ्ग क्लिनिकमा उपचारका लागि भर्ना गरे पनि उनको मृत्यु भएको बताइएको छ । ३ वर्षअगाडि उनी रोजगारीको सिलसिलामा मलेसिया गएका थिए ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु