dashain
Thursday, 18 October 2018 09:50 pm, Nepal

तलेजुमा बिहानैदेखि भक्तजनको घुइँचो

मेचीकाली : 2018-10-18 09:31:18

काठमाडौँ, १ कात्तिक : हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिरमा आज बिहानैदेखि सर्वसाधारणको घुइँचो लागेको छ । तेह्रौँ शताब्दीमा निर्मित मल्लकालीन तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ । आज बिहान ३ बजेदेखि नै मन्दिरमा घुइँचो लागेको काठमाडौँ तलेजु भवानी मन्दिरका मूल नाइके शशीविक्रमध्वज जोशीले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

राजदेवीमा १५ हजार बोका बलि

मेचीकाली : 2018-10-18 09:29:18

जनकपुरधाम, १ कात्तिक : शक्तिपीठ राजदेवी मन्दिरमा यस पटक १४ हजार ९९७ बोकाको बलि चढाइएको छ । यस पटक गत वर्षभन्दा दुई हजार ५५० बढी बोकाको बलि बढी चढेको छ । गत वर्ष १२ हजार ४४७ बोकाको बलि चढाइएको थियो । विभिन्न सङ्घसंस्थाको विरोधले गत वर्ष बलि चढाउने सङ्ख्यामा कमी आए पनि यस वर्ष बलि चढाउनेको सङ्ख्यामा पुनः वृद्धि भएको देखिएको छ ।

पुरा पढ्नुहोस्

आज बडा दशैंको नवौं दिन, महानवमी पर्व मनाइँदै

मेचीकाली : 2018-10-18 09:14:41

काठमाडौं, १ कात्तिक : बडादशैंको नवौं दिन आज घर–घरमा नवदुर्गाको अन्तिम अवतार सिद्धिदात्रीको पूजाआराधना गर्दै महानवमी मनाइँदैछ । पूर्ण निष्ठाका साथ साधना गर्नेहरूमा सिद्धिदात्रीको आशिर्वाद प्राप्त हुने विश्वास छ । भगवान शिवले उनकै आराधना गरेर सिद्धि प्राप्त गरेको धार्मिक विश्वास छ । सोही कारण उनको आधा शरीर देवीको भएको र उनी अर्धनारिश्वर नामबाट प्रसिद्ध भएको धार्मिक मान्यता पनि छ ।

पुरा पढ्नुहोस्

राजधानीबाट २२ लाख यात्रु बाहिरिए

मेचीकाली : 2018-10-17 10:31:31

काठमाडौँ, ३१ असोज : काठमाडौँ उपयकाबाट दशैँ मनाउन २१ लाख भन्दा बढी यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार विगत चार दिनको अवधिमा सो सङ्ख्यामा यात्रु बाहिरिएका हुन् ।स्थलमार्गबाट मात्रै २२ लाख यात्रु बाहिरिएको महाशाखाको भनाइ छ ।

पुरा पढ्नुहोस्

दशैँमा सशस्त्रको निःशुल्क बस सेवा

मेचीकाली : 2018-10-17 10:30:38

पोखरा, ३१ असोज : नेपालीको महान चाड बडादशँैको अवसरमा सशस्त्र प्रहरी बल तालीम केन्द्र लामापाटनले मङ्गलबारदेखि पोखरामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । दशैँको अवसरमा बजारमा सार्वजनिक यातायातका साधान न्यून भएका कारण सर्वसाधारणलाई सुविधा पु¥याउने उद्देश्यका साथ फूलपातीका दिनदेखि कात्तिक २ गते टीकाका दिनसम्म बस सञ्चालन गरिने तालीम शिक्षालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु