dashain
Thursday, 18 October 2018 09:20 pm, Nepal

बेल्ट वितरण तथा शुभकामना आदान प्रदान

मेचीकाली : 2018-10-15 14:22:43

  बनेपा/नेपाल क्योकुशिन सेईसिन काइकान कराँते संघ काभ्रेको आयोजनामा विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा बेल्ट वितरण कार्यक्रम सम्पन्न भएको छ ।        बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै नगर प्रमुख बादेले खेल राष्ट्र र स्वास्थ्यका लागि भएकाले नगरपालिकाले खेलका लागि आवश्यक कार्यक्रम र सहयोग उपलब्ध गराउँदै आएको बताए ।

पुरा पढ्नुहोस्

क्योकुशिन–सेईसिन कराँतेको बेल्ट प्रमोशन टेष्ट सम्पन्न

मेचीकाली : 2018-10-11 13:32:46

भक्तपुर/नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघ, टेक्निकल कमिटिको आयोजनामा संचालन भएको बेल्ट प्रमोशन टेष्ट कार्यक्रम पूर्व सांसद तथा पूर्व खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादब ले उद्घाटन गरेका थिए  ।  संघका केन्द्रिय अध्यक्ष तथा नेपाल चिफ सिहान अशोक कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रम भर्खरै सम्पन्न तेस्रो के.व्याग अन्तराष्ट्रिय मुवाँ थाई फाईट च्याम्पियनसिपमा च्याम्पियन भएका क्योकुशिन–सेईसिन कराँतेका खेलाडी सन्देश मानन्धर तथा नवौं राष्ट्रिय सिन क्योकुशिन कराँते प्रतियोगितामा महिला तर्फ द्धितिय स्थान हासिल गर्ने सुबिता देउला र पुरुष ५० के.जि. तौल समुहमा उत्कृष्ट खेलाडी घोषित भएका पारस ठकुरीलाई सम्मान गरिएको थियो ।

पुरा पढ्नुहोस्

‘ए’ डिभिजन लिगमा २८ विदेशी खेलाडी

मेचीकाली : 2018-09-27 13:22:06

काठमाडौँ : यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगमा नौ क्लबबाट २८ विदेशी खेलाडीले सहभागिता जनाउँदैछन् ।लिगमा सहभागी १४ ‘ए’ डिभिजन क्लबमध्ये नौ टोलीले विदेशी खेलाडी अनुबन्ध गरेका छन् । तीन विभागीय टोलीबाहेक बाँकी ११ क्लबले विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान छ । अहिलेसम्म च्यासल युथ क्लब र मछिन्द्र क्लबले विदेशी खेलाडी अनुबन्ध गर्न सकेका छैनन् ।

पुरा पढ्नुहोस्

शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेतालाई ५० लाख

मेचीकाली : 2018-09-16 16:58:15

चार वर्षपछि हुन लागेकोे शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको विजेता टोलीले रु ५० लाख पाउने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आयोजित पत्रकार सम्मेलनमा विजेता टोलीलाई रु ५० लाख दिने निर्णय भएको एन्फाका महासचिव इन्द्र्रमान तुलाधरले जानकारी दिनुभयो । प्रतियोगितामा उपविजेता हुने टोलीले रु ३५ लाख पाउनेछन् भने तेस्रो हुनेले रु २५ लाख पाउनेछन् ।

पुरा पढ्नुहोस्

साफ च्याम्पियनसीप : नेपाललाई इतिहास रच्ने अवसर

मेचीकाली : 2018-09-11 12:53:51

–कुमार चौलागाई

 साफ च्याम्पियनसीपअन्तर्गत पहिलो सेमिफाइलनमा नेपालले बुधबार दिउँसो ३ः४५ बजे ढाकास्थित बङ्गबन्धु रङ्गशालामा माल्दिभ्सविरुद्ध खेल्दैछ । पच्चीस वर्षे साफ च्याम्पियनसीपको इतिहासमा बुधबार हुने सेमिफाइनल नेपालका लागि इतिहास रच्ने अवसर हो ।

पुरा पढ्नुहोस्

 

    भर्खरै

     

    धेरैले पढेको

     

    भर्खरै प्राप्त प्रतिक्रियाहरु

     

    मेचीकाली भिडियो

    भुन्टी-निशान भट्टराई

    थप भिडियोहरु