dashain
Thursday, 18 October 2018 09:29 pm, Nepal

सहारा बचतको साधारणसभा सम्पन्न

मेचीकाली : 2018-10-16 08:42:56

पनौती, ३० असोज : साहारा बहुउद्देश्यीय सहकारी संस्था लि. पनौती –२ कुशादेवीको १४ औं बार्षिक साधारण सभा कुशादेवी मा.वि.का प्र.अ.  श्याम प्रसाद भुजुको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष दिनेश हुमागाईको सभापतित्वमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अथिति भुजुले संस्थाले विगत देखि वर्तमान सम्मका कामका बारेमा चर्चा गर्दै आगामि दिनमा अझ सक्षम र सेवामुखि भएर लाग्न सुझाव समेत दिए ।

पुरा पढ्नुहोस्

मकैको चिउरा उद्योगको शिलान्यास

मेचीकाली : 2018-10-14 13:00:06

दमक, २८ असोज : झापाको गौरादह नगरपालिका–५ स्थित महारानीझोडामा स्थापना गर्न लागिएको मकैको चिउरा उद्योगको शनिबार वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले शिलान्यास गर्नुभयो ।स्थानीय महारानीझोडा साना किसान सहकारी संस्थाले नमूना एकीकृत सहकारी खेतीअन्तर्गत मकैको चिउरा बनाउने उद्योग स्थापना गर्न लागेको हो ।

पुरा पढ्नुहोस्

भक्तपुरमा भेडा–च्याङ्ग्रा महँगो

मेचीकाली : 2018-10-11 13:36:09

भक्तपुर, २५ असोज : भक्तपुरमा दशैँका लागि मुस्ताङबाट ल्याइएको भेडा–च्याङ्ग्रा विगत वर्षभन्दा यस वर्ष महँगिँदै भक्तपुर आइपुगेको छ । भक्तपुरको सल्लाघारी ल्याईएको भेडा–च्याङ्ग्रा अहिलेसम्मकै महँगो मूल्य निर्धारण गर्दै बिक्री शुरु भएको छ । यस वर्ष सल्लाघारीमा ल्याई पु¥याइएको च्याङ्ग्रा प्रतिकिलो रु ७५० र भेडाको रु ६७५ मूल्य निर्धारण गर्दै व्यवसायीले बिक्री शुरु गरेका हुन् ।

पुरा पढ्नुहोस्

साप्सुखोलाबाट विद्युत् उत्पादन गरिने

मेचीकाली : 2018-10-10 04:26:08

खोटाङ, २४ असोज : थ्रीस्टार हाइड्रोपावर कम्पनी भक्तपुरले खोटाङको साप्सुखोलाबाट ७ दशमलव १५ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने भएको छ । रु एक अर्ब ५० करोड लगानीमा उत्पादन हुने जलविद्युत्का लागि राष्ट्रिय वाणिज्य बैंकको ७० र उपभोक्ताको ३० प्रतिशत शेयर लगानी रहने जनाइएको छ ।

पुरा पढ्नुहोस्

सिङ्गटी जलविद्युत् आयोजनाको ‘ब्रेक थ्रु’

मेचीकाली : 2018-10-07 10:47:53

जिरी, २१ असोज : दोलखाको सिङ्गटी खोलामा निर्माणाधीन २५ मेगावाटको सिङ्गटी जलविद्युत् आयोजनाको शनिबार सुरुङ छेडिएको छ । आयोजनाको सुरुङको यो पहिलो खण्डको हो । यसको लम्बाइ अडिटबाहेक दुई हजार ९०० मिटर छ । पहिलो सुरुङ ‘ ब्रेक थ्रु’ भएसँगै आयोजनाको प्रगतिमा इँटा थपिएको आयोजना निर्देशक काजी लामाले बताउनुभयो । पहिलो ब्रेक थ्रुसँगै तीन किलोमिटर खण्ड वारपार भएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु