Tuesday, 21 August 2018 09:16 pm, Nepal

इन्डोनेसियामा दुई हप्तामा दुई शक्तिशाली भूकम्प, करिब ५०० को मृत्यु

एजेन्सी: 2018-08-20 13:17:20

इन्डोनेसिया, ३ भदौ : इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा आइतबार साँझ गएको शक्तिशाली भूकम्पमा परी १० जनाको ज्यान गएको उद्धारकर्मीहरुले जानकारी दिएका छन् । भूकम्पका कारण लोम्बोकमा विद्युत सेवा अबरुद्ध भएको छ भने ठाउँठाउँमा पहिरो गएको छ । आवासीय र कार्यालय भवनहरुमा ठूलो क्षति पुगेको बताइएको छ । स्थानीय नागरिकमा त्रास छाएकोले गएराति उनीहरु घरभित्र बस्न सकेका थिएनन् ।

पुरा पढ्नुहोस्

वित्तीय सहयोग गर्न चीनसँग महाथिरको आग्रह

एजेन्सी: 2018-08-20 13:16:29

बेइजिङ, ४ भदौ : मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले आर्थिक समस्याबाट जुधिरहेको मलेसियालाई सहयोग गर्न चीनको उच्च नेतृत्वसँग आग्रह गर्नुभएको छ । मलेसियाको पूर्व सरकारले सम्झौता गरेका कतिपय चिनीया सहयोगका ठूला परियोजनामा परिमार्जन गर्न पनि उहाँले अनुरोध गर्नुभयो ।

पुरा पढ्नुहोस्

इमरान खानद्धारा प्रधानमन्त्री पदको सपथ ग्रहण

मेचीकाली : 2018-08-18 15:46:18

काठमाडौँ, २ भदौ : पाकिस्तानको नयाँ प्रधानमन्त्रीका रुपमा इमरान खानले शनिबार सपथ ग्रहण गर्नु भएको छ । मुलुकको सवै भन्दा ठूलो पार्टी पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई)बाट प्रधानमन्त्रीको उम्मेदवार भई विजयी हुनु भएका खान पाकिस्तानको २२ औँ प्रधानमन्त्री बन्नु भएको हो ।

पुरा पढ्नुहोस्

मोदीद्वारा बाढी प्रभावितलाई राहतको घोषणा

एजेन्सी: 2018-08-18 15:44:49

केरला, २ भदौ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बाढी प्रभावितलाई राहत रकमको घोषणा गर्नुभएको छ । प्रभावित क्षेत्रको स्थलगत अवलोकन पश्चात प्रधानमन्त्री मोदीले निधन भएकाको परिवारलाई प्रतिव्यक्ति दुई लाख रुपैयाको दरले राहत रकम दिने घोषणा गर्नुभएको हो ।

पुरा पढ्नुहोस्

भारतीय प्रधानमन्त्री केरलाको बाढी निरीक्षणमा

मेचीकाली : 2018-08-17 16:41:23

नयाँ दिल्ली, १ भदौ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार केरला राज्यमा आएको बाढीको अवस्था बुझ्न त्यसतर्फ जान लाग्नु भएको छ ।केरलाका मुख्यमन्त्री पिनारायी भिजायनसँग बाढीको अवस्थाको विषयमा टेलिफोन वार्ता भएको र आफू केरलातर्फ जाने प्रधानमन्त्री मोदीले बिहीबार गर्नु भएको ट्वीटमा जानकारी दिनु भएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु