


दार्चुला, ९ साउन
सीप र जाँगर भए धन कमाउन विदेश जानु पर्दैन भन्ने दृष्टान्त जिल्लाको विकट धारीगाउँका एकजना उद्यमीले प्रस्तुत गरेका छन् । सदरमुकाम खलङ्गाबाट पाँचकोस उत्तरमा पर्ने धारी गाउँ विकास समिति–४ का विष्णुदत्त जोशीले स्थानीयतहमा प्राप्त हुने कच्चापदार्थको उपयोग गरी साबुन उद्योग सञ्चालन गरेका छन् ।
दुईवर्षअघि देखि कपडा धुने साबुन उत्पादन गरी आफूसहित चारजना परिवारको भरणपोषण गर्दै आएका जोशीले आधुनिक मेसिनको अभावमा सोचेअनुरुप उत्पादन र आम्दानी गर्न नसकेको गुनासो गरे । साबुन बनाउन आवश्यक पर्ने पाङर, खरी र खिरो गाउँघरमै पाइए पनि पाङ्र कुट्ने मेसिन र साँचो उपलब्ध नहुँदा भनेजस्तो उत्पादन गर्न नसकिएको उनले बताए ।
साबुनका लागि नभइनहुने रसायन आफूले भारतीय बजार धार्चुलाबाट ल्याएको उल्लेख गर्दै उनले अहिलेको आम्दानीले उक्त रसायन किन्न नसकिने अवस्था आएको बताए । ‘उत्पादन कम छ, प्रचारप्रसारको अभावमा जिल्लाभरि आफ्ना उत्पादन पु¥याउन सकिएको छैन’– रसायनको मूल्य उठाउनसमेत हम्मेहम्मे भएको गुनासो गर्दै उनले भने ।
जोशीको कारखानाबाट उत्पादित एउटा साबुनको मूल्य १० रुपैयाँ तोकिएको छ भने उनका नियमित ग्राहक १० जनामात्र छन् । धारीगाउँका किसान करवीरसिंह कार्की जोशीद्वारा उत्पादित साबुन गुणस्तरीय भएको उल्लेख गर्दै गाउँलेले पनि त्यस्तो अधिकतम उपयोग गरेको वताउँछन् ।
यो विषयका प्रतिक्रियाहरु
Khadayat, Baril:Apr 7, 2011 04:31:53 PM
एकदमै राम्रो तर के गर्ने एकदमै दुर्गम ठाउं पर्यो, त्यसैले पहिला अलिकता अप्ठेरै होला,
तर उन को यस्तो जाँगरको लागि धेरै धेरै धन्यवाद,
WISH YOU ALL THE बेस्ट
r p joshi:Aug 26, 2010 01:56:44 AM
keep it up ,yi sabai kuraharuma sarkar le pani dhyan dine bhaye sayad nepal ko yo condition na hunthyo hola , tara ke garne nepal ka netaharulai aafnai\'pet bharnu bata fursad hudaina ke garne sochara....