dashain
Thursday, 18 October 2018 04:54 pm, Nepal

काभ्रेमा असक्त बालिकामाथि बलात्कार गर्ने युवक पक्राउ

मेचीकाली : 2018-07-29 17:54:28


बलात्कारपछि बालिकाको हत्या गर्ने पनि सार्वजनिक
काभ्रे, १३ साउन :

काभ्रेको तेमाल गाउँपालिकामा १२ बर्षीया बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । आफ्नै बहिनी नाता पर्ने बालिकालाई बलात्कार गरेको आरोपमा तेमाल गाउँपालिका साविक ठुलोपर्सेल घर भएका १७ बर्षीय युवक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । पीडितको सुरक्षाका लागि भन्दै बलात्कारमा संलग्न युवकको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

बलात्कृत बालिका शारीरिक तथा मानसिकरुपमा अशक्त रहेको बताइएको छ । यसैबीच, ९ बर्षिया बालिकालाई जर्बजस्ति करणी पछि हत्या गर्ने व्यक्ति र हत्याको घटना लुकाउन सहयोग पु¥याउने मृतक बालिकाकी फुपुलाई प्रहरीले सार्वजनिक गरेको छ । दुबैलाई प्रहरीले जर्बजस्ति करणी तथा कर्तब्य ज्यान अपराधमा जिल्ला अदालत काभ्रेमा मुद्दा दर्ता गरेको छ । मुद्दा दर्ता भएकाहरुमा बारा घर भएका जोखन मन्सुर र स्थानीय मिना तामाङ रहेका छन् । फुपु दिदीलाई जबर्जस्ती गर्न खोजेको घटना देखेपछि ९ बर्षिया बालिकालाई नाक, मुख थुनी जर्बजस्ति गरी घाँठी अठ्याएर ढुंगामा टाउको बजारी हत्या गरिएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी रविराज खड्काले जानकारी दिए ।

 साविक संस्युखर्क गाविस हाल तेमाल गाउँपालिका वडा नम्वर १ आधाबाटोमा भिमबहादुर तामाङको छोरी एलिसा तामाङको असार २० गते हत्या भएको थियो । उनको बारा जिल्ला गडहल गाउँपालिका ४ घर भई सोहि स्थानमा मजदुरी काम गर्दै आएका २३ बर्षिय जोखन मन्सुरीले हत्या गरेका थिए । उनले एलिसाकी फुपु २१ बर्षिया मिना तामाङलाई जबर्जस्ती गर्न खोजेको देखेपछि एलिसाको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जोखन र मीनाबीच तीन महिनायता प्रेमसम्वन्ध कायम रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु