dashain
Wednesday, 17 October 2018 11:45 pm, Nepal

काभ्रेमा सडक निर्माणका ठेकेदारको चरम लापर्वाही, विद्यालय नै अनिश्चितकालका लागि वन्द (तस्वीरसहित)

मेचीकाली : 2018-07-29 18:32:57


सञ्जय न्यौपाने
धुलिखेल, १३ साउन : वर्षायाम सुरु भएसँगै काभ्रेको धुलिखेलमा रहेको महांकाल आधारभुत विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । धुलिखेल नगरपालिका वडा नम्वर ११ पात्लेखेत ठाँटीथोकमा रहेको उक्त विद्यालय वर्षा सुरु भएसँगै जोखिम बढेपछि बन्द गरिएको हो । विद्यालय नजिकै रहेको सडकको ढल व्यवस्थापनमा सम्बन्धित निकायको ध्यान नपुग्दा विद्यालय गएका विद्यार्थी जलमग्न कक्षाकोठामा बसेर पठनपाठन गर्न असम्भव भएकाले विद्यालय बन्द गरिएको शिक्षक सृदास तामाङले जानकारी दिए ।

फुलबारी नमोवुद्ध सडकखन्ड निर्माणको क्रममा सडकको माटो विद्यालय नजिकै थुपारिएको थियो । पानी परेको समयमा पानी सहज तरिकाले जाने ठाउँ अन्यत्र नभएपछि लेदो सहितको पानी कक्षाकोठामा जाने गरेको छ । यस विषयमा पटकपटक सडक विभाग लगायतका सम्बन्धित निकायमा खबर गर्दा पनि कुनै सुनुवाई नभएको उनको गुनासो छ । वडा अध्यक्ष विष्णु धितालले यो विषय लिएर सडक डिभिजन कार्यालय भक्तपुरमा पुग्दा आज र भोली मन्त्रालयको कार्यक्रममा ब्यस्त रहेको र इन्जिनियर पनि विदामा बसेको भन्दै कर्मचारी पन्छिएको बताए ।


३२ करोडको लागतमा निर्माणाधिन फुलबारी नमोवुद्ध सडकखन्डमा ठेकेदारले व्यवस्थित ढल निकास नगरिदिँदा विद्यालय भवन नै जोखिमा परेको हो । उक्त विद्यालयमा ९६ जना विद्यार्थी अध्ययनरत छन् । समयमै व्यवस्थित ढल निकास बनाई निर्धक्कसँग आफ्ना छोराछोरीलाई विद्यालय पठाउने पहल गर्न स्थानियले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु