dashain
Thursday, 18 October 2018 05:50 pm, Nepal

त्रिकोणात्मक सिरिज : नेपाल र नेदरल्याण्ड्स संयुक्त बिजेता

मेचीकाली : 2018-07-30 07:31:57


नेपालको क्रिकेटका लागि एमसिसिले सघाउने
काठमाडौं, १४ साउन :

नेपाल र नेदरल्याण्ड्स बेलायतको लर्डस्मा भएको त्रिकोणात्मक क्रिकेट सिरिजको संयुक्त विजेता भएका छन् । लर्डसमा भएका खेलमा दुवै टिमले एक–एक खेल जितेका थिए । मेरिलिवोन क्रिकेट क्लब एमसीसीलाई नेपाल र नेदरल्याण्ड्सले पराजित गरेका थिए । तर नेपाल र नेदरल्याण्ड्सको खेल भने वर्षाले प्रभावित भएपछि दुवै टिमलाई संयुक्त विजेता घोषणा गरिएको हो ।

त्यसअघिको खेल पनि वर्षाले प्रभावित गरेपछि ६ ओभरमा खेलाइएको थियो । टस हारि पहिला व्याटिङ  शुरु गरेको नेदरल्याण्ड्सले १६४ रन बनाउँदा पानी पर्न शुरु गरेको थियो । १६ दशमलब ४ ओभरमा पानी पर्न शुरु गरेपछि स्थगित भएको खेल पुनः सुचारु हुन सकेन ।

यसैबीच, बेलायतको मेरिलोबोन क्रिकेट क्लब एमसीसीले नेपाली क्रिकेटको विकासमा सहकार्यताका लागि लिगेसी टूर घोषणा गरेको छ । नेपालसँगको खेलपछि विज्ञप्ति जारी गर्दै एमसीसीले क्रिकेटको दिगो विकास र अर्थपूर्ण प्रभाव छाड्ने उदेश्य लिएको उक्त विदेशी टूर नेपालबाट सुरु हुने जनाएको हो । विज्ञप्तिमा एमसीसीले नेपालले भर्खरै एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएको र देशमा क्रिकेट विकासको तीव्र चाहना रहेकाले नेपाललाई पहिलो देशका रुपमा छनोट गरेको उल्लेख गरेको छ । यसअघि एमसीसीले २०१५ मा नेपालको भम्रण गरेको थियो। नेपालसँग राम्रो क्रिकेट खेल्ने क्षमता भएको तर भौतिक संरचनाको अभाव रहेकाले आफूहरुले च्यारेटेबल उदेश्य अनुरुप सहयोग गर्न लागेको एमसीसीले उल्लेख गरेको छ । एमसीसी फाउन्डेशनले आर्थिक संकलन गर्दै क्लबको टूरका बेला नेपाली क्रिकेटको विकासमा फाइदा पुग्ने कार्यक्रम गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु