Tuesday, 21 August 2018 09:17 pm, Nepal

बनेपाको फोहोर व्यवस्थापन अब नयाँ प्रणालीमा

मेचीकाली : 2018-07-31 07:51:05


-सार्वजनिक–निजी साझेदारी कार्यक्रम लागु
काभ्रे, १५ साउन :

बनेपा नगरपालिकाले लामो समयदेखि कठिन रहेको फोहोर मैला ब्यवस्थापनका लागि सार्वजनिक–नीजि साझोदारी कार्यक्रम मार्फत शुरु गरेको छ । बनेपामा दैनिक ३० टन फोहोर उत्पादन हुने गरेको छ । उत्पादित फोहोरको ब्यवस्थापन गर्न नगरपालिकाले गरिरहेको आन्तरिक ब्यवस्थापनलाई सहयोग पु¥याउने र फोहोरलाई सामाजिक, आर्थिक र वातावरणिय हिसावले दिगो ब्यवस्थापन गर्न नगरपालिकाले नेशनल वेस्ट म्यानेजमेन्ट एण्ड रिसाईक्लिङ सेन्टर, ललितपुरसँग सम्झौता गरेको छ ।

साउन १ गते देखि उक्त सेन्टरले फोहोर संकलनको काम शुरु गरेको नगरपालिकाका प्रमुख लक्ष्मी नरसिं बादेले बताए । सेन्टरले घर घरबाट फोहोर संकलन गरी रिसाईक्लिङ गर्नेछ । त्यसका लागि नगर भित्रै जग्गाको ब्यवस्थापन गरिसकेको संस्थाका प्रवन्धक सुजन ढकालले बताए । बनेपामा आयोजित अन्र्तक्रिया कार्यक्रममा दिइएको जानकारी अनुसार फोहोरलाई १२ शिर्षकमा बर्गिकरण गरी आवास, ब्यवसायीक, उद्योग कलकारखाना तथा अन्य शिर्षकलाई फरक फरक शुल्क तोकिएको छ ।

कुहिने र नकुहिने फाहोर अलग अलग बनाई संकलन गरिने र त्यसको तालिका तथा समय र दिनको समेत मोवाईलबाट जानकारी गराउने प्रविधि सेन्टरले शुरु गर्दै छ । चाडवर्प वा कुनै कारणबश फोहोर धेरै भएको अवस्थामा एसएमएस मार्फत फोहोर लिन आउने गरी प्रविधिको विकास गरिएको प्रवन्धक ढकालले बताए ।  नगरपालिकाका अनुसार फोहोर लिन आउने ट्रक र समय टोल टोलमा र घर घरमा पु¥याउने गरी अभियान शुरु गरिँदैछ । सडकमा वा सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई नगरपालिकाले जरिवाना र कारवाही समेत गर्ने नगर प्रमुख बादेले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु