dashain
Thursday, 18 October 2018 06:08 am, Nepal

युएईमा अवैध बसेका नेपालीले आम माफीका लागि प्रक्रिया सुरु गर्न पाउने

मेचीकाली : 2018-08-01 09:26:30


युएई सरकारले आफ्नो देशमा अवैध रूपमा बसेका विदेशी नागरिकको सजिलोका लागि आजबाट तीन महिनासम्मका लागि आम माफी योजना लागु गरेको छ । नेपाली दूतावासले यो आममाफी योजनाको सक्दो उपयोग गर्न आफ्ना नागरिकलाई आग्रह गरेको छ ।

आममाफी लागू भएपछि अब बिनाभिसा लुकीछिपी युएईमा रहेका जुनसुकै देशका नागरिकले बिनाजरिवाना र बिना सजायँ आफ्नो देश जान वा काम र भिसा दिने स्पोन्सर पाएमा वैधरूपमा पुनः युएईमै काम गर्न पाउने छन् । नेपाली दूताबास आबुधाबीले गैरकानुनीरुपमा युएईमा रहेका नेपालीलाई स्वदेश फर्कन वा वैधानिक बन्ने प्रक्रियामा जान विज्ञप्तिमार्फत आग्रह गरेको छ । दूताबासले युएईभित्र रहेका सबै अ‍ैध नेपालीहरुलाई आफ्नो सम्पर्कमा आउनसमेत आग्रह गरेको छ ।
युएईले गैरकानूनी रुपमा रहेका नेपालसहितका विदेशी कामदारलाई अगस्ट १ देखि तीन महिनाको आममाफी दिनेबारे सम्बन्धित देशका दूतावासलाई औपचारिक जानकारी गराएपछि नेपाली दूतावासले पनि यो सुविधाको फाइदा लिन नेपालीलाई आग्रह गरेको हो । कार्यवाहक राजदूत सागरप्रसाद फुँयालका अनुसार भिसाको अवधि सकिएर बसेका, भिजिट भिसामा आएर ओभरस्टे भएका, राहदानी नभएका नेपालीले दूताबासको सहयोगमा आवश्यक कागजात बनाएर नेपाल फर्कन पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु