Tuesday, 21 August 2018 09:14 pm, Nepal

सुनिता अधिकारीले ल्याइन् नाचौँ नाचौं लाग्ने तीज गीत ‘क्यारम मायालाई’ (हेर्नुस् भिडियो)

मेचीकाली : 2018-08-03 16:18:56


काठमाडौँ । लोकप्रिय गायिका सुनिता अधिकारीले तीजको कोसेली बजारमा ल्याएकी छिन् । पानको मिसीको सफलतापछि आफ्नो आठौं गीतका रुपमा उनले क्यारम् मायालाई बोलको तीज गीत बजारमा ल्याएकी हुन् । उनको एकल स्वरमा सुसज्जित गीतमा सुनिता आफैले अभिनय गरेकी छिन् । उनलाई अभिनयमा संचारकर्मी रामकुमार शाहीले साथ दिएका छन् ।  शिव हमालको शब्द र लय रहेको गीतको निर्देशन गणेश पाण्डेले गरेका हुन् । प्रकाश भट्टको कोरियोग्राफी आकर्षक छ । 

यसैगरी, राजेश घिमिरे, पुकार तिमिल्सिना र रामेश्वर ढकालले क्यामरामा जादु चलाएका छन् । गीतको अडियो तथा भिडियो साइन मिडिया प्रालिले गरेको हो भने दृश्य निर्माण साइ भिजन प्रालिले गरेको हो । गीतको सम्पादन विष्णु शर्मा र संगीत संयोजन कृष्ण विकले गरेका छन् । तीजका नाममा अनेक विकृति फैलिरहेका बेला आफ्नो मौलिक गीतले दर्शक र स्रोताहरुको मन जित्न सफल हुने सुनिता बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु