Tuesday, 21 August 2018 09:14 pm, Nepal

प्रमद्वारा क्रिकेट टोलीलाई बधाई

मेचीकाली : 2018-08-04 17:08:39


धानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पार्न सफल नेपाल राष्ट्रिय टोलीलाई बधाई दिनुभएको छ । शुक्रबार राति भएको नेदरल्याण्ड्सविरुद्धको खेलमा एक रनको रोमाञ्चक जित हात पारेकामा आफूलाई खुशी लागेको बताउँदै प्रधानमन्त्री ओलीले आगामी यात्राका लागि पनि सफलताको शुभकामना दिनुभयो । प्रधानमन्त्री ओलीले आज ट्वीटरमार्फत कप्तान पारस खड्का र नेपाली टिमलाई बधाई तथा शुभकामना दिनुभएको हो ।

ट्वीटरमा प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “नेपाली क्रिकेट टिमले नेदरल्याण्ड्समा अन्तर्राष्ट्रिय खेलमा हासिल गरेको जितका लागि कप्तान पारस खडका र सम्पूर्ण खेलाडीलाई बधाई ज्ञापन गर्दछु । नेपाली क्रिकेटले आगामी दिनमा थप सफलता प्राप्त गरोस् भन्ने शुभकामना समेत व्यक्त गर्दछु ।”

नेपालले शुक्रबार भएको खेलमा नेदरल्याण्ड्समाथि एक रनको रोमाञ्चक जित हासिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु