dashain
Wednesday, 17 October 2018 11:45 pm, Nepal

ग्वाटेमालाका पूर्वराष्ट्रपति पक्राउ, भ्रष्टाचार गरेको आरोप

एजेन्सी : 2018-08-04 17:13:49


ग्वाटेमाला सिटी, १९ साउन :

ग्वाटेमालाका पूर्वराष्ट्रपति एल्भारो कोलोमलाई शुक्रबार पक्राउ गरिएको छ ।भ्रष्टाचार गरेको अभियोगमा उहाँलाई पक्राउ गरेर नियन्त्रणमा राखिएको सरकारी अधिकारीले जानकारी दिएका छन् । हड्डीको दुखाइसम्वन्धी समस्याबाट पीडित हुनु भएका कोलोमलाई शुक्रबार राती पक्राउ गरिएको हो । उहाँ अहिले ६६ वर्षको हुनुभएको छ ।

उहाँलाई गत फेब्रुअरीमै भ्रष्टाचार गरेको अभियोग लगाइएको थियो । सेनाको नियन्त्रणमा रहेको कारागारमा उहाँलाई राखिएको छ । उहाँसँगै सन् २००८ देखि २०१२ सम्म सरकारमा रहेका अन्य दश जनालाई पनि उही आरोप लगाइएको छ ।

उनीहरुलाई पक्राउ गरेर कारागारमा राखिएकोमा अधिकांशलाई जमानतमा रिहा गरिएको अधिकारीले बताएका छन् । उनीहरुलाई भने गत फेब्रुअरीमै पक्राउ गरिएको थियो । कोलोमसँगै एउटै मुद्दामा पक्राउ पर्नेमध्ये एक जना पूर्वअर्थमन्त्री जोन आल्बेर्टो फोन्टेस नाइट र अक्सफाम इन्टरनेशनलका अध्यक्ष पनि हुनुहुुन्छ ।सार्वजनिक श्रोत, साधन र सम्पत्तिको दुरुपयोग गरेको अभियोग लागेका उनीहरु सबैको अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु