Tuesday, 21 August 2018 09:14 pm, Nepal

इन्डोनेशियाको लोम्बोकमा भूकम्प जाँदा ८२ को मृत्यु

मेचीकाली : 2018-08-06 08:50:12


बाली, २१ साउन  :

इन्डोनेशियाको लोम्बोक टापुमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा पनि ८२ जनाको मृत्यु भएको छ । इन्डोनेशियाको विपद्‌ व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार भुकम्पमा परि सयौँ मानिस घाइते भएका छन् । ७ म्याग्निच्युडको भूकम्पकाबाट सयौँ भवनमा क्षति पुगेको छ भने विद्युत् आपूर्ति बन्द भएको छ ।

समुद्री तट र पदयात्राका लागि लोकप्रिय टापु लोम्बोकमा एक हप्ताअघि पनि भूकम्प गएको थियो । जसमा कम्तीमा १६ जनाको मृत्यु भएको थियो । अमेरिकी भूगर्भ सर्वेक्षण केन्द्रका अनुसार हिजोको भूकम्पले लोम्बोकको १० किलोमिटर उत्तरतिर केन्द्रविन्दु बनाएको थियो । भूकम्प लगत्तै सुनामी आउने चेतावनी जारी गरिएपनि केही घण्टापछि उक्त चेतावनी फिर्ता लिइएको थियो । भूकम्पपछि बालीस्थित एउटा अस्पतालबाट बिरामीहरूलाई बाहिर निकाली सडकमा पालभित्र चिकित्सकहरूले उपचार गरिरहको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु