dashain
Thursday, 18 October 2018 05:55 pm, Nepal

आज नयाँ प्रधानन्यायाधीश सिफारिस हुने

मेचीकाली : 2018-08-07 08:55:06


संवैधानिक परिषद बैठक बस्दै
काठमाडौं, २२ साउन :

आज नयाँ प्रधानन्यायाधीश सिफारिस हुने भएको छ । प्रधानन्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषदको वैठक आज बोलाइएको छ । न्यायापरिषद् यसअघि नै ३ जनाको नाम सिफारिस गरिसकेकाले आज दुईजना मध्ये एक जनाको नाम सिफारिस हुनेछ ।

बरिष्ठताका आधारमा न्यायाधीश ओमप्रकाश मिश्रको नाम सिफारिस हुनेछ । प्रधानन्यायधीशमा सिफारिस दिपकराज जोशी संसदीय सुनुवाई बिशेष समितिवाट अस्वीकृत भएपछि नयाँ प्रधानन्यायधीश सिफारिस हुन लागेको हो । प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, कानूनमन्त्री र विपक्षी दलको नेता सदस्य रहने संवैधानिक प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु