Tuesday, 21 August 2018 09:18 pm, Nepal

घरपरिवारलाई असोज मसान्तभित्र गरिव परिचय पत्र बितरण गरिसक्ने

मेचीकाली : 2018-08-07 08:55:33


काठमाडौं, २२ साउन  :

सरकारले मुलुकभरका २६ जिल्लाका ३ लाख ९१ हजार ८ सय ३१ घरपरिवारलाई असोज मसान्तभित्र गरिव परिचय पत्र बितरण गरिसक्ने भएको छ । १२ लाख ५० हजार घर परिवारमा भएको सर्वेक्षणमा भेटिएका ३ लाख ९१ हजार ८ सय ३१ घर परिवारलाई असोज मसान्तसम्म गरिव परिचय पत्र वितरण गरिसक्ने गरीब घरपरिवार सहयोग समन्वय बोर्डले निर्देशक रामहरी गैह्रेले बताउनुभयो ।

गरिव परिचयपत्र अति गरिव रातो कार्ड, मध्यम गरिव पहेलो कार्ड र गरिव निलो कार्ड गरेर तीन किसिमका कार्ड बितरण भइरहेको छ । बाँकी ५१ जिल्लामा आगामि दुई बर्षमा गरिव परिचय पत्र बितरण गर्ने वोर्डले लक्ष्य लिएको छ । तर गरिव घरपरिवार परिचय पत्र वितरणमा गरिबभन्दा धनीको नाम परेको तथ्य फेला परेको छ । हुम्लाका ८ हजार ५ सय ३५ घरधुरीमध्ये घरिबको सूचिमा नाम परेका ४ हजार ५ सय ६० जानको सूचि बोकेर गाउँमा रुजु गर्दै जाँदा यो तत्थ्य फेला परेको हो ।
सरकारले जिल्लाभरी वितरण गरेको सूचिमा वास्तविक गरिब भन्दा धनीकै बाहुल्यता रहेको अदानचुली गाउँ कार्यपालिकाका सदस्य चन्द्रकला भण्डारीले बताउनुभयो ।  अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ६ को वडा कार्यालय अज्ञात समूहले तोडफोड गरेको छ । पञ्चदेवल विनायक नगरपालिकाको नेतृत्वमा गरिव घर परिवार परिचयपत्र वितरण टोली वडा कार्यालयमा पुगेर काम गरिरहेको अवस्थामा अज्ञात समूहले तोडफोड गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु