dashain
Wednesday, 17 October 2018 11:43 pm, Nepal

संसद्का विषयगत समितिहरूको बैठक आज पनि बस्ने

मेचीकाली : 2018-08-07 08:55:54


काठमाडौं, २२ साउन :

  संसद्का विषयगत समितिहरूको बैठक आज पनि बस्ने भएको छ । प्रतिनिधिसभाका १० वटै समितिले हिजोदेखि औपचारिक रूपमा काम थालनी गरेका हुन् । हिजो पहिलो बैठक सांसदहरुको चिनजानमा नै सकिएकाले आज विषयमा प्रवेश गर्ने सदस्यहरुले जनाएका छन् ।

समितिहरूका पहिलो बैठक परिचयात्मक र सभापति चयन नहुँदासम्मका लागि ज्येष्ठ सदस्य तोक्ने विषयमा मात्र केन्द्रित भएका छन् । आजदेखि समितिको कार्यविधीका विषयमा छलफल हुनेछ । संघिय संसद् सचिवालयका सचिव भरतराज गौतमले अब काम कारबाही कसरी अगाडि बढाउने, कार्यविधी के कसरी तय गर्ने भन्ने विषयहरू छलफल हुने जानकारी दिनुभयो । समितिहरूले स्थायी सभापति चयन नहुँदासम्मका लागि ज्येष्ठ सदस्य पनि चयन गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु