dashain
Thursday, 18 October 2018 06:15 pm, Nepal

दक्षिण कोरिया जान हवाई दर २३ प्रतिशतले सस्तो

मेचीकाली : 2018-08-07 08:56:28


काठमाडौं, २२ साउन  :

रोजगारीको लागि दक्षिण कोरिया जाने नेपाली कामदारले हवाई टिकट वापत तिर्ने रकम घटेको छ । दक्षिण कोरिया जान हवाई दर २३ प्रतिशतले सस्तो भएको हो । अब कामदारले हवाई टिकट वापत ४ सय ११ अमेरिकन डलर अर्थात ४५ हजार २ सय ९२ रुपैयाँ मात्र तिरे पुग्ने भएको हो ।

श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयले विद्युतीय बोलपत्र आह्वान गरी भाडादर घटाएको हो । यसबाट कोरिया जाने कामदारले तिर्ने रकममा वार्षिक १० करोड रुपैयाँ भन्दा बढि बचत हुने वैदेशिक रोजगार विभागका निर्देशक कृष्णप्रसाद खनालले सीआइएनसँग बताउनुुभयो । सरकारले सन् २००८ देखि इपीएस प्रणालीमा कामदारलाई कोरिया पठाउँदै आएको छ । हालसम्म ५४ हजार ३ सय ६३ जना कामदार कोरिया गईसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु