dashain
Thursday, 18 October 2018 04:55 pm, Nepal

डोजर प्रयोगमा रोक

मेचीकाली : 2018-08-07 08:57:38


बाजुरा, २२ साउन :

नगरपालिकाले सडक निर्माणमा अबदेखि डोजर प्रयोगमा रोक लगाउने तयारी गरेको छ । वातावरणीय मूल्यांकन नै नगरी काटिएका सडक आसपास क्षेत्रमा बढी क्षति भएको र मानव बस्ती नै सार्नु पर्ने अवस्था आएपछि नगरपालिका सचेत बनेको छ । प्रदेश सरकारकै निर्णय अनुसार यो वर्ष निर्माणका काममा विशेष स्थान बाहेक डोजरको प्रयोग नगर्ने नगर उपप्रमुख कविता विष्टले बताउनुभयो ।

 विष्टले नगरकार्य पालिकाको बैठकबाट निर्णय गरेरै रोक लगाउने बताउनु भएको छ । प्रदेश ७ सरकारले पनि सडक निर्माणमा डोजर प्रयोग नगर्न निर्णय गरिसकेको छ । क्षति भएको क्षेत्र र पहिरोको जोखिम बढेको क्षेत्रमा वृक्षारोपण गर्ने नगरपालिकाले तयारी गरेको छ । नाङ्गो क्षेत्र मात्र नभई पहिरो भूक्ष्य र अन्य क्षतिबाट बचाउन पनि रुख आवश्यक भएकोले वृक्षारोपण गर्न लागिएको नगर उपप्रमुख विष्टले बताउनुभयो । स्वच्छ बडिमालिका र हरियाली बडिमालिका नारा सहीत कार्यक्रम नै तय गरिसकीएकोले यो वर्षबाटै सुरुवाद गरिने उहाँको भनाई छ । पहिरोका कारण मार्तडी बजार क्षेत्र पनि त्रसित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु