dashain
Thursday, 18 October 2018 05:37 pm, Nepal

नेकपाका भातृ संगठनको एकता तत्काल अघि बढ्ने

मेचीकाली : 2018-08-08 13:26:11


तोकिएकै मितिमा सक्ने तयारी
काठमाडौं, २३ साउन :

नेपाल कम्युनिष्ट पार्टी नेकपाले भ्रातृ संगठनको एकता प्रक्रिया तत्काल टुंगो लगाउने भएको छ । नेकपाले ती संगठनहरुको संगठनात्मक एकता प्रक्रिया तत्काल टुंगोमा पुर्याउन शीर्ष तहबाटै पहल थाल्ने निर्णय पनि गरेको छ । आज बसेको नेकपाको सचिवालय बैठकले कार्यदलको सुझावलाई आधार मान्दै भ्रातृ र शुभेच्छुक संगठनको एकता अघि बढाउने निर्णय गरेको हो ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको साढे २ महिना बितिसक्दा पनि पार्टी भ्रातृ संगठनबीचको एकता प्रक्रिया अन्यौलमा परेपछि नेकपाले एकता पक्रिया चाडै टुंग्याउने निर्णय गरेको हो । त्यसको स्पष्ट खाका बनाउन भोलि दिउँसो २ बजे पुन बैठक बस्ने प्रबक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । राजधानीको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनैतिक र अन्तर्राष्ट्रिय सम्बन्धका बिषयमा ब्रिफिङ पनि गरेको प्रबक्ता श्रेष्ठले जानकारी दिए । तत्कालिन एमाले र माओवादी केन्द्रबीच गत जेठ ४ गते पार्टी एकता भएपनि जनवर्गीय तथा भ्रातृ संगठनको एकता प्रक्रिया भने कार्य्विधि र नियमावली अभावमा रोकिएको थियो । केन्द्रदेखि स्थानीय तहसम्मको एकता भदौको पहिलो साताभित्र सक्ने गरी तयारी भइरहेको नेकपाले जनाएको छ । त्यसका लागि तल्लो तहबाट सुझाव मागेको र सोही सुझावका आधारमा एकता गरिने नेताहरुले बताएका छन् । तत्कालिन दुई दलका बुद्धिजिवी संगठनबीच अघिल्लो साता एकता भएपनि २१ भ्रातृ संगठनबीचको एकता भने अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु