dashain
Wednesday, 17 October 2018 11:44 pm, Nepal

के होला उप्रेतीको सिफारिस ?

मेचीकाली : 2018-08-08 13:26:45


काठमाडौं, २३ साउन :

भारतका लागि राजदूत सिफारिसमा परेका पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीको सिफारिस कार्यान्वयन नहुने भएको छ । गत असार ३२ गतेको मन्त्रिपरिषद्ले भारतका लागि नेपाली राजदूतमा उप्रेतीलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । उनीसँगै मलेसियाका लागि राजदूतमा पूर्वराजदूत उदयराज पाण्डेलाई मन्त्रिपरिषद्ले सिफारिस गर्ने निर्णय गरेको थियो ।

 सोही दिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी राजदूत नियुक्तिका लागि सिफारिस सम्बन्धी निर्णय सार्वजनिक गरेका थिए । लगत्तै क्याबिनेट बैठक सकिएपछि सरकारका प्रवक्ता तथा सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले समेत जानकारी दिएका थिए । ३२ गतेको क्याबिनेट निर्णयको प्रमाणीकरणमा राजदूत नियुक्ति सम्बन्धी निर्णय प्रमाणीकरण भएको छैन । ३२ गते क्याबिनेटले गरेको ६० वटा निर्णयहरू प्रमाणीकरण भए पनि राजदूत नियुक्तिसम्बन्धी निर्णय प्रमाणीकरण परेनन् ।

सोही दिन परराष्ट्र मन्त्रालयबाट मन्त्रिपरिषद्को बैठकमा पेस भएको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानलाई कायम राख्ने र प्रमाणीकरण दस्तुर पुनः संशोधन गर्ने निर्णय भएको थियो । राजदूत नियुक्तिको सिफारिससम्बन्धी निर्णय परराष्ट्र मन्त्रालयमासमेत नपुगेको मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए । पूर्व प्रमुख निर्वाचन आयुक्तलाई भारतका लागि राजदूतमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएसँगै विवादमा परेको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विरोध गरेको थियो । उप्रेतीको सिफारिस विवादमा परेपछि मलेसियाका लागि राजदूतमा सिफारिस भएका पाण्डेको सिफारिस पनि प्रमाणीकरणमा नपरेको हो । हाल भारत, मलेसिया, युएई र संयुक्त राष्ट्रसंघीय नियोग न्यूयोर्कका लागि राजदूत खाली छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु