dashain
Wednesday, 17 October 2018 11:43 pm, Nepal

संवैधनिक परिषद बैठक रोकियो

मेचीकाली : 2018-08-08 13:27:20


काठमाडौं, २३ साउन :

भावी प्रधानन्यायाधीशको नाम सिफारिसका लागि आज बस्ने भनिएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर गएकाले बैठक बस्न नसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए । अर्यालयका अनुसार प्रमुख पतिपक्ष दल नै नभएपछि परिषद अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक स्थगित गरेका हुन् ।

यसअघि दीपकराज जोशीको नाम प्रधानन्यायाधीशमा सिफारिस भएकामा संसदीय सुनुवाइ समितिको दुई तिहाई बहुमतले अस्वीकृत गरेको थियो । शैक्षिक प्रमाणपत्र लगायतका विवादमा मुछिएपछि समितिले जोशीलाई अस्विकृत गरेको हो । त्यसपछि जोशी विदामा बसेपछि अहिले ओमप्रकाश मिश्र सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीशको भूमिकामा छन् । बैठकले भावी प्रधानन्यायाधीका लागि नाम सिफारिश गरेर संसदीय सुनुवाई विशेष समितिमा छलफलका लागि पठाउनेछ । यसअघि नै न्याय परिषद्को बैठकले वरिष्ठताका आधारमा मिश्र र चोलेन्द्रशमसेर जबराको नाम संवैधानिक परिषदमा पठाइसकेको छ ।

आज बस्ने भनिएको परिषद् बैठकमा भावी प्रधानन्यायाधीशको नाम सिफारिससहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा प्रमुख नियुक्तिबारे पनि छलफल गर्ने एजेन्डा थियो । अब देउवा स्वदेश नफर्किंदासम्म बैठक नबस्ने भएकाले करिब एक हप्ताका लागि परिषद् बैठक सरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार अर्यालले जानकारी दिएका छन् । परिषदको बैठक रोकिएपछि सर्वोच्च अदालत अझै लामो समयसम्म कायम मुकायम प्रधानन्यायाधीशको नेतृत्वमा सञ्चालन हुने देखिएको छ । तत्कालिन प्रधानन्यायाधीश गोपाल पराजुलीले पदबाट राजिनामा दिएपछि पाँच महिनादेखि सर्वोच्च अदालत कायममुकायमको भरमा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु