dashain
Thursday, 18 October 2018 05:54 pm, Nepal

काभ्रेमा चोरी घट्यो, हत्या बढ्यो

मेचीकाली : 2018-08-09 19:16:21


काभ्रे, २४ साउन :

पछिल्लो समय काभ्रेमा चोरीका घटनामा कमी आए पनि हत्याको घटना भने बढेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार अघिल्लो आर्थिक बर्षमा ज्यान सम्वन्धी ७६ वटा घटना भएकोमा गत आर्थिक वर्ष बढेर ९० वटा पुगेको छ ।  प्रहरी प्रमुख एसपी रविराज खड्काका अनुसार चोरी सम्वन्धी घटनामा कमी आएको छ ।

अघिल्लो वर्ष चोरीका १८ वटा घटना दर्ता भएकोमा गत आर्थिक वर्षमा १५ वटा उजुरी दर्ता भएका थिए । यस्तै गत आर्थिक बर्षमा संगठित तथा आर्थिक अपराधको संख्या ४७ वटा ४० मा झरेको प्रहरीले बताएको छ । गत आर्थिक बर्षमा सामाजिक अपराधका घटनामा भने बृद्धी भएको छ । प्रहरीका अनुसार १ सय ७८ वटा घटनाबाट बढेर २ सय ३० वटा सामाजिक अपराधका घटनामा उजुरी दर्ता भएको छ । यस्तै महिला तथा बालबालिका सम्वन्धी घटनामा समेत बृद्धी भएको छ ।

महिला तथा बालिकालिकासम्वन्धीघटना ४५ वटाबाट बढेर ६९ वटा पुगेको छ भने सवारी सम्वन्धी घटना ३२ बाट ४८ पुगेको छ । जिल्ला प्रहरी कार्यालयले एक वर्षको अवधीमा ६ सय ४० प्रकारका घटनाहरुमा नागरिकहरुलाई सेवा प्रदान गरेको जनाएको छ । अघिल्लो वर्ष जिल्ला प्रहरीले ५ सय २१ वटा घटनामा सेवा प्रदान गरेको थियो । तथ्यांकअनसार महिनाका आधारमा सबै भन्दा धेरै जेष्ठ महिनामा प्रहरी कार्यालयमा उजुरी दर्ता भएका छन् । जेष्ठ महिनामा ७० वटा उजुरी दर्ता भए भने चैत्र महिनामा ६४ वटा र माघ महिनामा ६३ वटा उजुरी दर्ता भएका छन् । सबै भन्दा कम कार्तिक महिनामा ३९ वटा घटना दर्ता भएका छन् । यस्तै बारको आधारमा सबै भन्दा धेरै शुक्रबार धेरै उजुरी दर्ता हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु