dashain
Thursday, 18 October 2018 04:55 pm, Nepal

केहीदिनबाट नयाँ कानुन लागु हुने

मेचीकाली : 2018-08-10 09:29:40


सर्वोच्चको तयारी पुरा
काठमाडौं, २५ साउन :

आगामी भदौ १ गतेदेखि लागू हुने गरी मुुलुकी अपराध ऐन, मुलुकी फौजदारी ऐन, फौजदारी कसुर ऐन, मुलुकी देवानी ऐन र मुलुकी देवानी कार्य विधिको सम्पूर्ण तयारी पूरा भएको छ । सर्वोच्च अदालतले भदौदेखि देशभर लागू हुने गरी पाँच वटा ऐनको तयारी पूरा भएको जनाएको छ ।

ऐन संहिताको कार्यान्वयनमा नियमावली, दिग्दर्शन र निर्देशिकामा गरिएका व्यवस्थाको सम्बन्धमा अदालत र कर्मचारीलाई प्रशिक्षण दिइसकेको सर्बोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो । उच्च अदालत रहेका ७ वटै मुकाम, उच्च अदालत अन्तर्गतका इजलास रहेका मुकाम, ती क्षेत्रका उच्च अदालतका न्यायाधीश, जिल्ला अदालतका न्यायाधीश, रजिष्ट्रार, अधिकृत र कर्मचारीलाई सहभागी गराई प्रशिक्षण कार्यक्रम सुरु गरिसकेको उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु