Saturday, 22 September 2018 03:02 pm, Nepal

नेकपा काभ्रेको अध्यक्षमा सुर्यमान दोङ सिफारिस

मेचीकाली : 2018-08-20 07:11:01


काभ्रे, ४ भदौ :

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रे जिल्ला कमिटीको अगामी अध्यक्षमा पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दोङ (लालध्वज) को नाम सिफारिस भएको छ । पार्टी एकतापछि अध्यक्ष सहित जिल्ला कार्यसमिति गठनका लागि आइतबार बसेको नेकपाको प्रदेश कमिटी बैठकले लालध्वजको नाम अध्यक्षमा सर्वसम्मत सिफारिस गरेको स्रोतले बतायो ।

 तत्कालिन माओवादीका पोलिटब्यूरो सदस्य समेत रहेका नेता लालध्वज माओवादी केन्द्रका निवर्तमान जिल्ला इन्चार्ज समेत हुन् । नेकपाको प्रदेश कमिटी बैठकले काभ्रेको सचिवमा नारायण पाण्डेको नाम सिफारिस गरेको छ । उनी तत्कालिन एमाले जिल्ला पार्टी सचिव समेत थिए । लालध्वज र पाण्डे दुबै तेमाल गाउँपालिकाका हुन् । कम्युनिष्ट आन्दोलनमा यी दुई नेताको भूमिका महत्वपूर्ण रहदैँ आएको छ । जिल्ला कमिटिका अध्यक्ष र सचिवको नाम खुलाएपनि अन्य पदाधिकारी र सदस्यहरुको भने प्रदेश कमिटिले गोप्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु