Saturday, 22 September 2018 03:04 pm, Nepal

काभ्रेमा नेकपाको नेतृत्व सिफारिसमा पुर्व एमालेका भातृ संगठन असन्तुष्ट

मेचीकाली : 2018-09-04 07:53:29


काभ्रे, १९ भदौ :

नेपाल कम्युनिष्ट पार्टी काभ्रेको जिल्ला नेतृत्वका लागि गरिएको सिफारिस प्रति पुर्व एमाले निकटका भातृ संगठनले असन्तुष्टि जनाएका छन् । पुर्व एमालेको भातृ संगठन युवा संघ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले बनेपामा आयोजना गरेको भेलामा बोल्ने अधिकांशले जनताको भावना विपरित एकलौटी रुपमा नेतृत्वको सिफारिस गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

कार्यक्रममा अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य जेनिश लामाले देश र जनताका लागि विद्यार्थीको महत्वपुर्ण योगदान भएता पनि एकताको सन्दर्भमा भने पार्टीले बिर्सिएको बताए । एकताको पुर्वसन्ध्यामा पुर्व एमाले निकटका भातृ संगठनको मात्र भेला बोलाईएको तर्फ इंगित गर्दै उनले यो भेला कुनै व्यक्ति र पार्टीको विरुद्ध नभई जनताको भावना विपरित काम हुन नदिन आवाज बलियो बनाउनका गरिएको बताए । यस्तै युवा संघका केन्द्रिय सदस्य राकेश लामाले परिवर्तनका लागि महत्वपुर्ण भुमिका खेल्ने एक पक्ष युवालाई पार्टीले उपेक्षा गरेको महसुस भएको बताए ।

सबै पक्षको छलफल विना गरिएका निर्णयले जनतालाई निराश बनाउन सक्ने समेत उनले बताए । दुई ठुला पार्टी एक भएर वृहत पार्टी निर्माण भएकाले पार्टीले निर्णय गर्दा सचेत हुनुपर्ने लामाको भनाई थियो । कार्यक्रममा अनेरास्ववियुका जिल्ला अध्यक्ष उपेन्द्र शर्माले नेकपा को जिल्ला नेतृत्वका लागि गरिएको सिफारिस पर्याप्त छलफल नगरि गरिएकाले यो काभ्रेली जनताको चाहना विपरित भएको बताए । यसबाट आगामी दिनमा अन्य भातृसंगठनको एकता गर्दा पनि युवा र विद्यार्थी को भावना विपरित सम्झौता हुने होकी भन्ने आशंका उब्जिएको उनले बताए ।

भेलामा उपस्थित युवा र विद्यार्थीले स्थानीय, प्रादेशिक र केन्द्रिय निर्वाचनमा प्राप्त मतका आधारमा पनि जिल्ला नेतृत्व पुर्व एमालले पाउनुपर्ने बताएका थिए । उनीहरुले दुई संगठनको एकता  क्षमता, योगदान को आधारमा न्यायपुर्ण तरिकाले हुनुपर्नेमा नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु