Saturday, 22 September 2018 03:39 pm, Nepal

नेपाल हङकङसँग पराजित

मेचीकाली : 2018-09-04 18:27:03


मलेसियामा जारी एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग तीन विकेटले पराजित भएको छ । राजधानी क्वालालम्पुरस्थित वाङ्गी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले हङकङसामु ९६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको हङकङले ३२ दशमलव तीन ओभरमा सात विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । यस हारसँगै एशिया कप क्रिकेट खेल्ने नेपालको सपना चक्नाचुर भएको छ । छनोट प्रतियोगितामा खराब प्रदर्शन गरेको नेपाल शुरुवाती दुई खेलमा ओमन र युएइसँग पराजित भएको थियो ।

हङकङको जितमा कप्तान अंशुमन राथले अर्धशतकीय पारी खेले । उनले ८२ बल खेल्दै एक छक्का र तीन चौकाको मद्दतमा ५२ रनको योगफल बनाए । त्यस्तै हङकङका अर्का खेलाडी किन्चित शाहले ११ रन जोडे ।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिए भने सागर पुन र वसन्त रेग्मीले १÷१ विकेट झारे । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ३७ दशमभलव ५ ओभरमा सबै विकेट गुमाउँदै ९५ रन मात्र बनाउन सक्यो ।

नेपालका आरिफ शेषले १८, अनिलकुमार साहले १५, वसन्त रेग्मीले १५, कप्तान पारस खड्काले १४ तथा उपकप्तान ज्ञानेन्द्र मल्लले १२ रन जोड्नुबाहेक अन्य नेपाली खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

सागर पुन सात तथा दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने दुई÷दुई रन बनाएर आउट भएका थिए भने शुरुवाती ब्याट्सम्यान सुबास खकुरेल र सोमपाल कामीले खातासमेत खोल्न सकेनन् । हङकङका इहशान खानले चार तथा तनवीर अफजल र मोहमद खानले समान दुई÷दुई विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु