Saturday, 22 September 2018 03:48 pm, Nepal

५० कृषकबाट ५० कृषकले बाख्रा उपहार पाए

मेचीकाली : 2018-09-06 10:08:16


सिन्धुपाल्चोक, २१ भदौ :  सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ३ धुस्कुनका ५० कृषकले बाख्रा उपहार पाएका छन् । ५० कृषकलाई वडा भित्रकै ५० कृषकले बाख्रा उपहार दिएका हुन् । ५ वर्ष पहिले नाम्लो नेपाल नामक संस्थाले धुस्कुनका कृषको आयआर्जन सुधारका लागि प्रति किसान एउटा बाख्रा सहयोग गरेको थियो ।

वडा अध्यक्ष सुकदेव रिसालका अनुसार अहिले तिनै बाख्राका पाठा अरु नयाँ किसानलाई उपहार दिएका हुन् । वडा अध्यक्ष रिसालका अनुसार पहिला पशु प्राविधिकले बाख्रा निरीक्षण गरेका थिए । प्रजनन हिसाबले योग्य रहेको बाख्रामात्र उपहार दिइएको हो । वडा कार्यालयको सहकार्यमा बाख्रापालक कृषकहरुकै संजालले आर्थिक अवस्था कमजोर भएका परिवार छनौट गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु