Saturday, 22 September 2018 03:16 pm, Nepal

दिल्लीमा रहेका प्रचण्डले आजदेखि भेटवार्ता थाल्ने

मेचीकाली : 2018-09-07 10:14:51


काठमाडौं, २२ भदौ :

भारत भ्रमणमारहनु भएका पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजदेखि भेटवार्ता गर्दैहुनुहुन्छ । चारदिने भ्रमणका लागि  हिजो त्नयाँ दिल्ली जानु भएका नेकपा अध्यक्ष प्रचण्डले आज राजनीतिक भेटघाट थाल्नु हुनेछ । आज साढे १२ बजे भारतीय गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ताको गर्नुहुनेछ ।

आज गृहमन्त्रीसँगको भेटपछि दाहाल दिउँसो ३ बजे ‘आईसीडब्ल्यूए’ले आयोजना गरेको कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । कार्यक्रममा प्रचण्डले सम्बोधन गर्नुहुनेछ । सुरुका ३० मिनेट आफ्नो मन्तव्य राखेपछि थप ३० मिनेट प्रश्नोत्तरमा केन्द्रित रहेर प्रचण्डले सहभागीका जिज्ञासा मेट्ने प्रयास गर्नेपनि कार्यतालिका रहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीसँग भोलि भेटवार्ता हुनेछ । भारतीय प्रधानमन्त्री मोदीसँगको भेटमा भूकम्पपछि भारतले गर्ने भनेको सहयोग प्रतिबद्धता, दुई देशका प्रधानमन्त्रीका सहमति÷सम्झौता कार्यान्वयन, राष्ट्रिय हित र विकाससँग सम्बन्धित रहेर छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु