Saturday, 22 September 2018 03:04 pm, Nepal

पहिरो हटाउने काम शुरु

मेचीकाली : 2018-09-11 12:55:47


रसुवा, २६ भदौ :

धुञ्चे नजिक त्रिशूली नदी छेउ खोपाङ भीरमा सोमबार साँझ झरेको पहिरोको कारण अवरुद्ध सडक सञ्चालन गर्न आज बिहानैबाट काम शुरु भएको छ । रसुवाका प्रमुख जिल्ला प्रहरी अधिकारी कृष्ण पौडेलका अनुसार धुञ्चे–स्याफ्रुबीच रहेको पासाङल्हामु राजमार्गको अवरोध हटाउन डिभिजन सडक कार्यालयका दुई डोजर तथा लोडर प्रयोग गरिएको र आजै मङ्गलबार साँझसम्म मौसमले साथ दिए सडकको ट्र्याक खोल्ने लक्ष्य लिइएको छ ।

सडक खु्लाउने काममा डोजर तथा लोडरका अप्रेटर निमा लामा र राजेश दाहाल संलग्न भएको र पैदलमार्गीको सुरक्षा संयन्त्र अपनाउन पहिरो स्थलमा सुरक्षाकर्मी बिहानैदेखि परिचालन गराइसकिएको निमित्त जिल्ला प्रहरी प्रमुख ओमप्रकाश वाग्लेले जानकारी दिनुभयो ।

चीनबाट आयात भएका सामाग्री बोकेका करीब ५०० ट्रक तथा कन्टेनर काठमाडाँै प्रस्थानका लागि तयारी रहेको अवस्थामा अवरुद्ध सडक छिटो सञ्चालन गर्न स्थानीय प्रशासनले स्थलगत निरीक्षण गरिसकेको प्रजिअ पौडेलले बताउनुभयो । मानिस आवातजावत गर्न समेत मुश्किल अवस्था रहेको प्रहरीले जनाएको छ ।

यस्तै बढी घनाबस्ती भएको जिबजिबे क्षेत्रमा जाने धोबीखोला सडक पहिरोले अवरुद्ध हँुदा अहिले त्यस क्षेत्र सर्वसाधारण प्राङसे क्षेत्रबाट हिँड्न थालेका छन् । बर्खायामसँगै आएको पहिरोमा ढुङ्गा खस्ने क्रम निरन्तर भइरहेपछि धैबुङको कालिकास्थानभन्दा पूर्वी ज्याङलाङ, जिबजिबे गैरीगाउँ, खाल्चेत गाउँका वासिन्दा प्रभावित भएको समाजसेवी विष्णुप्रसाद पौडेलले बताउनुभयो । स्याफ्रु गत्लाङ सोमदाङतर्फको सडक भने साञ्जेन जलविद्युत् आयोजनाले सञ्चालनमा ल्याइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु