Saturday, 22 September 2018 02:51 pm, Nepal

चिकित्सकलाई सबै क्षेत्रमा खटाउन बाध्यकारी ऐन ल्याउँदै सरकार

मेचीकाली : 2018-09-13 10:19:07


काठमाडौं, २८ भदौ :

सरकारले चिकित्सकहरुलाई सबै क्षेत्रमा खटाउनका लागि बाध्यात्मक व्यवस्था ल्याउन लागेको छ । सुगममा भएका डाक्टरहरुलाई दुर्गममा खटाउन र दुर्गममा भएका डाक्टरहरुलाई सुगममा काम गर्नका लागि नयाँ व्यवस्था ल्याउन लागिएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्र कुमार यादवले बताउनुभयो ।

उहाँले दुर्गममा भएका डाक्टरहरुको मूल्यांकन अंक बढि हुने चाँडै बढुवा हुने र सुगममा हुने डाक्टरलाई कम अंक हुँदा ढिलो बढुवा हुने भएकाले दुवैलाई समान गर्नका लागि नयाँ व्यवस्था गर्न लागिएको बताउनुभयो । डा. यादवले सबै नागरिकलाई समान स्वास्थ्य सेवा प्रदान गर्नका लागि र समान मूल्यांकनका लागि चिकित्सकहरुलाई १ वर्ष दुर्गम र एक वर्ष सुगम क्षेत्रमा खटाइने ऐन ल्याउन लागेको जानकारी दिनुभयो । सीआईएनसँग कुराकानी गर्दै राज्यमन्त्री यादवले दुवै क्षेत्रमा चिकित्सकलाई खटाउँदा उनीहरुको अभ्यासगत अंक र काम गर्ने सम्बन्धमा थप विज्ञता पनि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु