dashain
Saturday, 20 October 2018 06:14 pm, Nepal

गाजा क्षेत्रमा तीनको मृत्यु, ३७६ जना घाइते

एजेन्सी : 2018-10-06 16:16:40


गाजा, २० असोज :

प्यालेस्टाइन र इजरायलको विवाद भएको गाजा क्षेत्रमा शुक्रबार भएको झडपमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ ।घटनामा अन्य ३७६ जना घाइतेसमेत भएका स्थानीय अधिकारीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।मृत्यु भएका तीनै जना प्यालेस्टाइनी नागरिक हुन् भने प्रदर्शनमा हजारौँ प्यालेस्टाइनी प्रदशर्नकारी सहभागी भएका थिए ।

इजरायलसँगको सीमा क्षेत्रमा पर्ने पूर्वी गाजामा प्यालेस्टाइनीले प्रदर्शन सुरु गरेपछि प्रहरीले हस्तक्षेप गरेको समाचारमा जनाइएको छ ।गाजाको स्वास्थ्य मन्त्रालयका प्रवक्ता असरफ अल क्वेद्राले तीन जना प्यालेस्टाइनीको मृत्यु भएको र तीमध्ये एक जना बच्चा पनि रहेको पुष्टि गर्नुभयो ।

उनीहरुको गाजा सहरमा इजरायली सुरक्षाकर्मीले प्रहार गरेको गोली लागी मृत्यु भएको अधिकारीले जनाएका छन् ।घाइतेमध्ये १९२ जनालाई अस्पताल भर्ना गरिएको छ । तीमध्ये १२६ जनालाई इजरायली सुरक्षाकर्मीको गोली लागेको उहाँले जानकारी दिनुभयो । घाइतेमध्ये दुइजना स्वास्थ्यकर्मी, दुइजना पत्रकार पनि रहेका छन् । उनीहरुमध्ये केही महिला पनि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु