


ओखलढुंगा, २७ साउन
ओखलढुंगाको पश्चिमि गाविस खिजि फलाटे-३ मा पहिरोले बगाएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४५ बर्षीय इन्द्रबहादुर सुनुवार र उनकी छोरीहरु १२ बर्षीय रमिला र २ बर्षीय रश्मी छन् । स्थानीयवासी र नेपाली सेनाका जवानले बिहीबार उनीहरुको शव फेला पारेको हो । बुधबार राति १० बजे गएको पहिरोमा उनीहरु वेपत्ता भएका थिए । इन्द्रबहादुरका ६ बर्षे छोरा राजकुमारको जिवितै उद्धार गरिएको छ ।
यो विषयका प्रतिक्रियाहरु
ram krishna poudel:Jan 15, 2011 11:15:03 PM
यो त दुख लाग्दो घटना भयछ
?